सुन्दर शान्त नेपालको त्रैमासिक स्मिक्षा सुझाव परामर्श बैठक सम्पन्न

  • पुस ७, २०७६
  • ८३७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ७ पौष - सिरहाको विभिन्न स्थानीय तहहरुमा सुन्दर शान्त नेपाल ले सिरहाको संन्चारकर्मी नागरिक समाज र संघ संस्थाहरु बीच परियोजनाको त्रैमासिक समिक्षा सुझाव विषयक परामर्श बैठक भबियताको साथ सिरहाको लहानमा सम्पन्न भएको छ । कार्यक्रम रेनु कर्णको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा २० जना सहभागीहरुको उपस्थिति रहेको परियोजना संयोजक देब राज पोखरेल ले जानकारी दिनु भयो । देशमा लैगिक हिंसा , नागरिकता ,शिक्षा,बाल बिवाह जस्तो समस्याको पहिचान गरि सुन्द् शान्त नेपाल र समग्र जन उत्थान केन्द्र ले समाजमा पछाडि पारिका सुदायको लक्षित गरि देशको ८ वटा जिल्लामा काम गर्दै छ । देशमा संघियता आईसके पछी स्थानीय तहमा कसरी गरिब,सीमान्तकृत समुहमा काम गरिरहेको अबस्था छ। स्थानीय तहमा सबै जनमानसको संघियता बुझाउने उदेश्यले सुन्द् शान्त नेपाल ले नागरिक लाई सुशासनका कुरा उठाईदिने र अवाज बिहिनहरुको अवाजलाई बुलन्द गर्दिने काम गर्ने गरेको छ् । र सीमान्तकृत समुदायमा पहुँच र समाजमा रहेका बालबिवाह , सुकुम्बासी , भुमीहिन जस्ता समस्याहरुलाई सहज र बाटो देखाई दिनेकाम यो परियोजनाले गरि रहेकोे छ । सिरहा जिल्लामा १७ वटा स्थानीय तह मधे दुई वटा स्थानीयतह लहान नगरपालीका र धनगढीमाई नगर पालिकामा काम गरि रहेको छ । बिगत केहि महिना गरेको कामको प्रभाव कस्तो देखीको छ त समाजमा त्यो सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरेको आयोजकले बताए ।

प्रतिक्रिया दिनुहोस

सितापुर स्वास्थ्य चौ ...

लहान कात्तिक १८ । लक्ष्मीपुर पतारी ६ स्थित सितापुर प्र.ध. का स्वास्थ्य चौकीभित्र सेवा लिन आउने बिराम ...

सुखिपुर ८ महदेवाको स ...

शम्भु चौधरी लहान, १८ कार्तिक । सुखिपुर नगरपालिका ८ महदेवा गाउँमा समा चकेवा महोत्सव २०८२ को तयारी पुर ...

सखुवान्नकारकट्टीमा ५ ...

लहान, १८ कार्तिक । सखुवान्नकारकटटी गाउँपालिका स्थित मनेलाल माध्यमिक विद्यालय, सोठियाइनमा आज एक विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१