ताजा समाचार

बहुप्रतिक्षित रेल्वे सेवा संचालनमा ल्याउने तयारी

  • पुस ६, २०७६
  • ७४५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

पौष ६ । लामो समयदेखि संचालनको प्रतिक्षामा रहेको जनकपुर—जयनगर रेल सेवा आगामी तीन महिनाभित्र संचालनमा आउने भएको छ । नेपाल सरकारले भारतीय कोणकर्ण रेल्वे कम्पनीसंग गरेको खरिद सम्झौता अनुसार २०२० मार्च सम्ममा दुई सेट डेमो रेल तयार भई सक्ने जनाईएको छ । नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले आईतवार रेल्वे संचालनका लागि दबाब दिने उद्देश्यले रेल्वे प्रशासनसंगको कुराकानीमा सो जानकारी गराईएको हो । रेल्वेका साईट ईन्जिनियर बिनोद ओझाले रेल्वेको संचालन अवस्था वारे जानकारी गराउंदै एक सेट डेमो रेल तयार भईसकेको र १० दिनभित्रमा जनकपुर आईसक्ने बताए । र अर्को सेट मार्च महिनाभित्र आई पुग्ने दावी गरे । नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति मनोज साहको अगुवाईमा गएको टोलीलाई ईन्जिनियर ओझाले जयनगरदेखि जनकपुरधामसम्म रेल्वे संचालनको लागि सम्पुर्ण कार्य पुरा भईसकेको जानकारी गराए । उनले जनशतिmको लागि अर्थ मन्त्रालयसंग मांग भई कर्मचारी भर्ना प्रक्रिया समेत अगाडि बढि सकेको बताउंदै निकट भविष्यमै रेल्वे संचालन हुने आशा गर्न सकिने बताए । सभापति साहको टोलीले रेल संचालनको अवस्था बारे जानकारी लिएको थियो । सभापति साहले रेल जनकपुरको विकासका लागि निकै नै महत्वपुर्ण रहेकोले यथाशिघ्र संचालनका लागि व्यवस्थापन पक्षलाई आग्रह गरेका थिए । टोलीमा नगर समितिका सचिव रबिन्द्र सिंह , वडा नं. १ का वडा सभापति रामदयाल साह , देबु यादव , चैतन्य महासेठ , मदन ठाकुर , धर्मदेव साह सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤