समाजको अपेक्षा अनुरुपको प्रहरी सेवा प्रवाह गरिने- प्र.म.नि खनाल

  • चैत २९, २०७४
  • ८७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत २९। stनेपाल सरकार मन्त्रीपरिषद्को चैत २७ गतेको निर्णयअनुसार चैत २९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नती हुनुभएका सर्वेन्द्र खनाललाई गृहमन्त्रालय सिंहदरवारमा बिहीबार आयोजित बिशेष समारोहबीच गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको छ । सुशोभन समारोहमा गृहसचिब राईले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक खनाललाई बधाई तथा शुभकामना दिदै कार्यकालको सफलताको कामना समेत गर्नुभयो । दर्ज्यानी चिन्हबाट सुशोभित भए पश्चात प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोह बिच प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्नुभएको छ । प्रहरी महानिरीक्षक खनालले उपलव्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै नागरिक प्रति जवाफदेही रही दृढ संकल्पका साथ अपराधहरुको बैज्ञानिक तथा परिमाणमुखी अनुसन्धान गर्न निर्देशन दिनुभयो ।

समाजमा शान्ति सुरक्षा कायम गर्दै असहाय नगरिकको साथी प्रहरी बन्नुपर्ने उहाँले बताउनुभयो । आपराधिक क्रियाकलापमा संलग्नलाई कानून बमोजिम कारवाही गर्न कुनै कसर बाँकी नराखी समाजको अपेक्षा अनुरुप प्रहरी सेवा प्रवाह गर्न समेत उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठन भित्रका आन्तरिक सुदृढिकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको बृत्ति बिकास तथा सेवा सुविधा आफ्नो प्राथमिकताको बिषय रहेको बताउँदै प्रहरीको मनोवल उच्च राख्न सदैव दृढ भएर लाग्ने बताउनुभयो । उहाँले पेशागत आचारण विपरित कार्य गर्ने एवं भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नलाई कारवाही गरिने समेत बताउनुभयो । लामो इतिहास बोकेको प्रहरी संगठनमा अग्रजहरुले गरेका राम्रा कामको अनुशरण गर्दै संगठनको छविलाई अझ उच्च बनाउँदै लैजानुका साथै कर्मचारीहरु बिच आत्मीयता तथा भाईचाराको बिकास गर्ने समेत उहाँले बताउनुभयो ।

समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित सिनियर प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो । नवनियुक्त प्रहरी महानिरीक्षक खनालले गृह मन्त्रालयमा बिहीबार आयोजित समारोहमा दज्र्यानी चिन्हद्वारा सुशोभित भएपश्चात बिहीबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको थियो । प्रहरी महानिरीक्षक खनाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभएको थियो । स्वागत पश्चात प्रहरी महानिरीक्षक खनालले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पुजा अर्चना गर्नुका साथै अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

प्रहरी महानिरिक्षकज्यूको संक्षिप्त परिचय

२०४६ माघ २९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गर्नु भई प्रहरी महानिरीक्षक खनाल २०५५ साउन १ गते प्रहरी नायव उपरीक्षक, २०६३ भाद्र ८ गते प्रहरी उपरीक्षक, २०६८ चैत २७ गते प्रहरी वरिष्ठ उपरीक्षक र २०७४ साउन १९ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । तनहुँबाट प्राथमिक शिक्षा हासिल गर्नुभएका उहाँले काठमाडौ लैनचौर स्थित शान्ति विद्या गृहबाट माध्यमिक शिक्षा पुरा गरी अमृत साइन्स क्याम्पसबाट आइएससी, शंकरदेव क्याम्पसबाट कमर्शमा स्नातक हुँदै त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नु भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएका प्रहरी महानिरीक्षक खनाल संयुक्त राष्ट्रसंघ पदक, गद्दी आरोहण रजत पदक, परदेश सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिण बाहु चौथो, प्रहरी रत्न, सुप्रवल जनसेवाश्री पदक र विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत दर्जनौ पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।

विभिन्न जिम्मेवारी बहन गर्ने क्रममा उहाँले वडा प्रहरी कार्यालय, नगर प्रहरी कार्यालय, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी विशेष कार्यदल, जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, अंचल प्रहरी कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख भई सफलतापूर्व जिम्मेवारी बहन गर्नुभएको थियो । यसैगरी प्रहरी महानिरीक्षक खनालले संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत युगास्लोभिया, हाइटी र संयुक्त राष्ट्र संघ केन्द्रीय कार्यालयको शान्ति स्थापना विभागमा रहेर समेत कुशलतापूर्वक कार्यसम्पादन गरि नेपाल प्रहरी र समग्र देशकै शिर उचो पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

पर्सा प्रहरीको प्रसश ...

रन्जित चौरसिया वीरगंज १० मंसिर। अवैधानिक र विवादित संगठन समाजबादी प्रेस संगठन नेपाल पर्सा शाखाको उपा ...

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१