सिरहाको लक्षमिपुर पतारी गाउँ पालिकामा बजेट सार्वजनिकिकारण सम्पन्न

  • पुस ३, २०७६
  • १४०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ३ पौष । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका द्वारा बुधबार गाउँ सभामै पत्रकार सम्मेलन गरी आर्थिक वर्ष ०७६र७७ को संशोधित वार्षिक नीति तथा कार्यक्रम सार्वजानिकीकरण गरेको हो । प्रस्तुत संशोधित नीति तथा कार्यक्रम सम्बन्धित पालिकाका प्रशासकिय अधिकृत रविन्द्र महतले वाड नं १ देखि ६ सम्म पूल निर्माण, कलभर्ट निर्माण, पोखरी सौन्दर्यीकरण, बजार व्यवस्थापन गर्न ढल निर्माण, सार्वजानिक शौचालय, कृषि सिचाइ, कालोपत्रे आयोजना, सामुदायिक भवन निर्माण, एम्बुलेन्स खरिद, पक्की नाला निर्माण, विद्युतिकरण ,दुर्गा मन्दिर निर्माण, हनुमान ढोकाको कम्पाउन्ड निर्माण, शिव मन्दिर जिर्णेदार तथा देवीथान व्यवस्थापन जस्ता शीर्षकमा ७३ करोड ६० लाख रुपैयाको अनुमानित बजेट भएको कार्यक्रममा अधिकृत महतले बताए ।२०७६ श्रावण देखि मंसीर २१ सम्मको विवरण्नमा २ करोड ५५ लाख ६८ हजार ५ सय ७९ रुपैयाको र सशर्त वजेट खर्च विवरणमा २ करोड ५५ लाख ६८ हजार ५ सय ७९ रुपैया ९८ पैसाको जम्मा खर्चको विवरण सार्वजानिक गरेका छन् । उक्त गाउँपालिकाले आर्थिक वर्ष ०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम गाउँ सभाबाट २०७६ अषााढ १० गतेमा पेश भइ बृहत छलफल गरि पास गरिएको थियो । उक्त गाउँ सभामा पेश भएका स्थानीय तहको आर्थिक विधेयक २०७६ र स्थानीय तहको विनियोजन विधेयक २०७६ माथि दफावार छलफल गरि संशोधन गरिएको कुरा पनि सार्वजानिक गरिएको छ । उत्त गाउाँपालिकामा विगत केही दिन देखि नेकपा र नेपाली कांग्रेसले वडामा बजेट बाँडफाँडबाट सन्तृष्टी नभई विभिन्न मितिमा ज्ञापनपत्रहरु बुझाउदै आएको थियो । सो समेतको खण्डन गाउँपालिका अध्यक्ष राम बल्लभ साहले गर्नु भएको हो । सम्बोधन कै क्रममा नेकपा कै प्रतिनिधि बिरेन्द्र साहले भने नेकपा भित्र आफैमा मिलोमतो छैन । कुनै कदम चाल्नु भन्दा पहिला सरसल्लाह नै हुदैन, आफै आफै गर्ने गर्दछ जस्ता आरोप आफनै पार्टीका कार्यकर्ताहरु माथि लगाउनु भयो । कार्यक्रम गापा अध्यक्ष रामबल्लभ साहको अध्यक्षतामा भयो भने वडा १,२ र ३ का अध्यक्षहरुको उपस्थिती रहेकोमा वडा ४, ५ र ६ का सचिवहरुको उपस्थिती रहेको भए पनि वडा अध्यक्षहरुको उपस्थिती रहेको थिएन ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा छुट ...

ओम प्रकाश यादव लहान, पुष ६ । लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरपालिकाको तर्फबाट वडा नम्बर– ...

आशा किरण केन्द्रको १ ...

वीरगंज ६ पौष । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिए ...

नवराजपुरमा एनसीसी क् ...

रहमुल, लहान ६ पुस । सिरहाको नवराजपुर गाउँपालिका वडा न.४ स्थित जनता नमुना प्राविधिक धार माध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१