Breaking जनकपुरमा शंकास्पद वस्तु फेला, बम भएको अाशंका

  • मंसिर २९, २०७६
  • १०९८ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम,मंसिर २९ गते । धनुषामा बम बिस्फोटमा परि तीनजनाको ज्यान गएको घटनाले सर्वसाधारण शोकमै रहेको बेला जनकपुरमा फेरि बम जस्तै शंकास्पद वस्तु फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति ९ बजे फेला परेको हो ।

स्थानीय एकपसलेको पर्खालमा झोलामा राखेर राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको अाशंका छ । अहिले प्रहरी त्यहाँ घेरा हालेर अावत जावतमा रोक लगाएको छ ।

कुकर जस्तो देखिएकाले बमकै अशंका गरेर त्यहाँ अावत जावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले  बताए । अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोलि अाउन थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान,पुष १५ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले राहतस्वरूप दलित तथा विप ...

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१