युवाहरूलाई सिपमा दक्षता ल्याउन निशुल्क मन्टेश्वरी तालीम

  • मंसिर २८, २०७६
  • १२७२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा , लहान २८ मंसिर । सिरहाको लहानमा बिहीबार देखी एक महिनाका लागि सुरु भएको मन्टेश्वरी तालीम आज शनिबार पनि जारी रहेको छ । यस जिल्लाका विभिन्न मन्टेश्वरी / बोर्डिङ स्कुलका शिक्षक र नव आगन्तुक शिक्षण गर्न चाहने ईच्छा भएका व्यक्तिहरुलाई शिक्षण पेशामा दक्ष बनाउनका लागि तालिमको आयोजना गरेको आयोजकले जानकारी दिनुभयो । कम्तीमा एसईई मा अध्यनरत पुर्व प्राथमिक बिधालयमा अध्यापन गर्ने सोच भएका बिद्यार्थीहरुलाई शिक्षण बिधिमा दक्ष गर्ने उदेश्य पनि यस तालीमको रहेको छ । पच्चीस जनाको सहभागीता रहेको तालिमको सहजीकरण अच्युत गौतमले गरिरहेको छ । प्रदेश नम्बर २ सरकारको सीप कार्यक्रम अन्तरगत युके एडको आर्थिक तथा प्राबिधिक सहयोग र जागरण नेपाल लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर- २ को सहकार्यमा तालिम संचालन भैरहेको जागरण नेपालका अध्यक्ष ज्ञानेन्द्र राय दनुवारले जानकारी दिनुभयो । रोजगारी सर्भिस प्रा. लि. को आयोजनामा संचालित तालिमले आफ्नै देशमा रोजगार गर्न चाहने बेरोजगार जनशक्तिलाई सीप र क्षमता अनुसारको रोजगारमा दक्ष बनाई स्वदेशमै रोजगार दिने लक्ष्य समेत राखेको छ । तालिममा सहभागी युवाहरुलाई जागरण नेपालले रोजगार दिन पहल समेत गर्ने जागरण नेपालका प्रतिनिधि हरेराम साफिले बताए ।

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१