ताजा समाचार

युवाहरूलाई सिपमा दक्षता ल्याउन निशुल्क मन्टेश्वरी तालीम

  • मंसिर २८, २०७६
  • १४४४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय बिश्वकर्मा , लहान २८ मंसिर । सिरहाको लहानमा बिहीबार देखी एक महिनाका लागि सुरु भएको मन्टेश्वरी तालीम आज शनिबार पनि जारी रहेको छ । यस जिल्लाका विभिन्न मन्टेश्वरी / बोर्डिङ स्कुलका शिक्षक र नव आगन्तुक शिक्षण गर्न चाहने ईच्छा भएका व्यक्तिहरुलाई शिक्षण पेशामा दक्ष बनाउनका लागि तालिमको आयोजना गरेको आयोजकले जानकारी दिनुभयो । कम्तीमा एसईई मा अध्यनरत पुर्व प्राथमिक बिधालयमा अध्यापन गर्ने सोच भएका बिद्यार्थीहरुलाई शिक्षण बिधिमा दक्ष गर्ने उदेश्य पनि यस तालीमको रहेको छ । पच्चीस जनाको सहभागीता रहेको तालिमको सहजीकरण अच्युत गौतमले गरिरहेको छ । प्रदेश नम्बर २ सरकारको सीप कार्यक्रम अन्तरगत युके एडको आर्थिक तथा प्राबिधिक सहयोग र जागरण नेपाल लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर- २ को सहकार्यमा तालिम संचालन भैरहेको जागरण नेपालका अध्यक्ष ज्ञानेन्द्र राय दनुवारले जानकारी दिनुभयो । रोजगारी सर्भिस प्रा. लि. को आयोजनामा संचालित तालिमले आफ्नै देशमा रोजगार गर्न चाहने बेरोजगार जनशक्तिलाई सीप र क्षमता अनुसारको रोजगारमा दक्ष बनाई स्वदेशमै रोजगार दिने लक्ष्य समेत राखेको छ । तालिममा सहभागी युवाहरुलाई जागरण नेपालले रोजगार दिन पहल समेत गर्ने जागरण नेपालका प्रतिनिधि हरेराम साफिले बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤