ताजा समाचार

जनकपुरको रामानन्द चोकमा सिद्धार्थ बैंकको नयां शाखा

  • मंसिर २७, २०७६
  • ७४३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मंसिर , २७ धनुषाको जनकपुरधाम उपमहानगरपालिका रामानन्द चोकमा सिद्धार्थ बैंकको नयां शाखा सुचारु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले रिबन काटेर शाखाको शुभारम्भ गरेका हुन । सिद्धार्थ बैंकको जनकपुरमा यो तेश्रो शाखा हो । यस अघि जनकपुरको मिल्स एरिया र मुरली चोकमा शाखा संचालनमा आई सकेको छ । शाखाको उदघाटन गर्दै मन्त्री यादवले बैंकलाई नाफामुखीभन्दा सेवामुखी बन्नुपर्नेमा जोड दिएका छन । उनले ऋणमा सर्वहाराको पहुंच पुग्न नसकेको भन्दै सबैको पहुच पुर्याउनतर्फ ध्यान दिन बैंकलाई आग्रह गरेका छन । सिद्धार्थ बैंक जनकपुर रामानन्द चोक शाखाका प्रबन्धक अजय कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा सिद्धार्थ बैंक केन्द्रिय कार्यालयका डिजिएम शेर बहादुर बुढाथोकी , एजीएन सुरेशराज महर्जन , प्रदेश नं. २ प्रादेशिक कार्यालयका प्रमुख हरि प्रसाद तिमिल्सेना , जनकपुर क्षेत्रका उद्योगी, व्यवसायी, निर्माण व्यवसायी सहित सामाजका विभिन्न क्षेत्रका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤