ताजा समाचार

सिरहामा डिएसपी रिजालको सरुवा ?, अवैद्य कारोबारी हाँसोत्सव मनाउँदै

  • मंसिर २३, २०७६
  • २००८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मुकेश यादव लहान, २२ मंसिर । प्रदेश नम्बर २ सिरहामा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको सरुवाको हल्लाले तस्करहरु खुशियाली मनाउँन थालेका छन् । डिएसपी रिजाल आएपछि सात महिनादेखि सिमाक्षेत्रमा हुने तस्करी तथा अवैद्य कारोबार बन्द भएको छ । तेस्रो मुलुकको मटर, मरिच, छोहरा, अखरोट, स्याउलगायत विभिन्न मालसमान नेपालबाट भारत लैजान प्रहरीले अवरोध गरेको छ । हालै हुन्डी कारोबारी पनि पक्राउ परेका छन् । उता, भारतबाट भन्सार छली गरी नेपाल ल्याउँने मालसमान रोकिएपछि तस्करहरुको एक समूहले जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीलाई सरुवा गर्ने प्रयास असफल भएको छ । सिरहाको मुख्य तस्करी हुने लहानदेखि ठाडी भन्सार, कचनारी, झाझपट्टीलगायतको ठाउँमा समेत कडाई रहँदा डिएसपी रिजाललाई लहानका केही उच्च व्यापारीले रिझाउँन पुगेका थिए । डिएसपी रिजाल व्यापारीहरुको कुरामा सहमत नभई झन कडा गरेका थिए । सिमाक्षेत्रको कारोबार तथा अवैद्य मालसमान आयात निर्यात गर्न जिल्ला उद्योग वाणिज्य सँघले लहानको गोधुली होटल, बाटिका टुरिजम, उद्योग वाणिज्यसँघ लहानमा पटक पटक छलफल कार्यक्रम गरे । त्यस छलफलमा नेपाली काँग्रेसका साँसद, सिमाक्षेत्रका जनप्रतिनिधि, उद्योगी व्यापारीले एउटै आवाज उठाएका थिए । सिमाक्षेत्रको कारोबार खुला गर्नुपर्छ । यस कारोबारको लागि एसपी चतुर्वेदी र डिएसपी रिजाल नै बाधक रहेको ठहर गरेका थिए । छलफलपछि एक टोली सत्तापक्षका नेताहरुलाई रिझाएर संघीय सरकारलाई यिनीहरुलाई सरुवा गर्न गराउँन आग्रह गरेका थिए । एसपी चतुर्वेदीको सरुवाको हल्ला चलेपनि ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको काज सरुवा भएको छ । उता, डिएसपी रिजालसँग सम्पर्क गर्दा ‘सरुवावारे मलाई अहिलेसम्म कुनै जानकारी आएको छैन ’ बताए । यता, अवैद्य कारोबार गर्ने रमेश साह, सन्तोष पुर्वे, आनन्दलगायत लहानका मरिच, मटर र फेयरलवली कारोबारीको छलफलमा हाँसोत्सव मनाउँदैछन् ।===

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤