कमला बचाउ अभियानको निरंतरता धनुषाको जनकनन्दनी गाउँपालिकामा बृक्षा रोपन

  • मंसिर २१, २०७६
  • १०५९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया ,धनुषा मंसिर २१ गते । कमला बचाउ अभियानको साप्ताहिक जागरण तथा वृक्षारोपण कार्यक्रम अन्तर्गत शनिबार धनुषाको जनकनन्दनी गाउँपालिकामा कार्यक्रम गरिएको छ ।

धनुषाको पूर्वी दक्षिण भारतीय सीमासँगै रहेको इनर्वा घाटमा कमला बचाउ अभियानको साप्ताहिक जागरण कार्यक्रम गरिएको हो । गत अन्तिम असारमा आएको कमला नदीको भिषण बाढीका कारण विस्थापित भएका स्थानीयहरुसँग अभियानीहरुले छलफल गरेका छन् ।

कमला बचाउ अभियानका सँयोजक विक्रम यादवको अगुवाई गरिएको सो कार्यक्रममा सहभागी स्थानीयहरुले अहिले पनि कमला नदीको त्रास कायमै रहेको बताएका थिए ।

नेपाल भारतको सीमामा पर्ने धनुषाको इनरवा गाउँ कमला नदीको पश्चिमपट्टि धनुषा तर्फमा परेको कमला बाध भारत छेउबाट इनर्वा गाउँमा बाँध नपरेकै कारण अहिले पनि स्थानीयहरु पीडा भोग्न बाध्य भएको बताइएको छ ।

बर्षाको समयमा त्यहाँको जनता डर त्रास जीवन यापन गर्नु परेको जनगुनासो अभिायनको क्रममा गरिएको हो । कमला बचाउ अभियानमा सहभागी भएका जनकनन्दीनी गाउँपालिका वडा नं. १ इनरवाका वडाध्यक्ष धमेन्द्र यादवले कमला नदीमा आएको बाढीपछि उक्त गाउँको करिव ७२ घर परिवार कारण विस्थापित हुनुपरेको बताए ।

विस्थापित हुने करिव सवै घरपरिवार दलित समुदायको रहेको बताएका छन् । नेपाल र भारत दुवै सरकारसँग बाधँको लागि पहल गरि दिन अभियानीसँग आग्रह पीडितहरुले गरे ।

कमलाको सतह माथि उठेकोले बस्तीहरू डुवानमा परेको कमला बचाउ अभियानका संयोजक यादवले बताए ।

कमलाको धार्मिक र पौराणिक इतिहास रहेकोले कमला बचाउमा सवै लाग्नु पर्ने जीकिर गरे । कार्यक्रममा कमला बचाउ अभियानमा जनक नन्दनी गाउपालिकाको पुर्ण सहयोग रहने गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखले बताए ।

उनले आउँदो आर्थिक वर्षमा गापाको निती तथा कार्यक्रममा कमला बचाउ अभियानको कार्यक्रम राखिने बताए । कमला बचाउ अभियान अन्तरगत जनक नन्नदनी गापामा पर्ने कमला बाधमा बाँस, वेत, सोहिजन र केलाको वोट लगाउने र त्यसको जिम्मा गापा र स्थानीय समुदायले लिने गरि व्यवस्थापन गरिने गापाको उपाध्यक्ष भारती कार्कीले बताइन ।

व्यक्ति लाई पनि फाइदा हुने तथा कमलाको पनि संरक्षण हुने उपाध्यक्ष कार्कीले घोषणा गरिन । यसका साकमलामा बगर खेती गर्नुको साथै बृक्षारोपन गरि कमलाको बचाउ सकिने कृषि ज्ञान केन्द्रको प्रमुख शंकर प्रसाद साहले बताए ।

उनले भने, “राजनीतिक भन्दा माथि उठेर कमला बचाउ अभियान लाई सवै सहयोग गर्नु पर्ने आवश्यकता छ ।” मलाह जात अर्थात सहनी समुदायको मुख्य देउताको रूपमा कमला माता पुजा गर्ने गरेको खजुरी मा.वि. का प्र.अ. हरिलाल सहनीले औल्याए ।

सो कार्यक्रमको क्रममा कमला बचाउ अभियानलाई दिगोपन दिन तथा सवैलाइ विश्वासमा लिइ अगाडि बढनु पर्ने स्थानीय युवा पुष्पेन्दर यादवले बताए । कार्यक्रममा कमला बचाउ अभियानी राजकिशोर सहलैता, विरेन्दर यादव, सुरेन्दर यादव , श्याम सिंह, रूपेश विराजी, पत्रकार नरेश बरबरिया , किशोर मण्डल लगायत स्थानीय नागरिक समाज, महिला दिदी बहिन र बुद्विजीवीको उपस्थित रहेको थियो । मानवअधिकारकर्मी एवं कमला बचाउ अभियानको सचिव अभियानी विनोद महराले कार्यक्रम को संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९ । संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेक ...

जसपाको प्रथम जिल्ला ...

ओम प्रकाश यादव लहान वैशाख ९। संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादलाई मूल नाराका रूपमा अघि सारेको ...

किर्ते जालसाजी मुद्द ...

Translator       रहमुल लहान  वैशाख ८। सिरहाको नवराजपुर गाउँपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१