धरानमा पिउने पानीको हाहाकार

  • चैत २९, २०७४
  • १४७० पटक पढिएको
  • सिराहा टाइम्स
alt

धरान /फागुन चैत्र लागे पछि धरानमा पानीको समस्याले गाज्ने गरेको धेरै वर्ष भई सक्यो । यस वर्ष त खानेपानीको नया परीयोजनाले सुख्खा मौसममा पनि पानीको अभाव हुन नदेला भन्ने सवैलाई लागेको थियो । तर वीचमा आएको भुकम्प, भारतीय नाकावन्दी जस्ता समस्याले यस वर्ष पनि समयमा पानी खुवाउन सकिएको छैन । साना प्राविधिक समस्याले गर्दा मात्र अलिक ढिलो हुन गएको नत्र यसै अप्रिल १ तारीक देखि नया पाइप लाइन वाट पानी वितरण हुने कुरामा हामी सवै ढुकक थियोै । यधपी यो चैत्र मसान्त सम्ममा धरान एकिकृत शहरी विकाश परीयोजना अन्तर्गत शुरु भएको खानेपानी योजनाले तिन वटा पम्प वाट पानी वितरण गरेर नगरवासीलाई ठुलो राहत प्रदान गर्ने भरमग्दुर प्रयासमा जुटेको छ । त्यस पछिका दिन धराने जनताको लागी पानीको समस्या काकाकुलको गीत वन्न छाडने पक्का छ ।

पानीको समस्या र परीयोजनाको आगमन ?
धरानले अहिले सम्म उपभोग गर्दै आएको पानी र त्यसको व्यवस्थापन धरान खानेपानी सस्थानले नै गर्दै आएको छ । त्यसैले हाल देखिएको पानीको हाहाकारको जिम्मेवारी र लाभ पनि सस्थानले नै लिनु पर्छ । सस्थानले हाल सम्म नगरको वडदो जनसख्यालाई धान्ने पानीको जोहो गर्न सकेको थिएन । न उ सग नया परीयोजना थियो न वजेट । यसै विच यो पतिmकार सम्वद्ध सस्था वातावरण तथा पर्यटन विकाश केन्द्रले २०६० साल देखि नै धरानको लागी पानीको समस्या एक गम्भीर चुनौतिको रुपमा देखा पर्ने भएकोले यसमा सवै सचेत हुन आव्हान गर्दै सरोकारवालाहरुलाई विभिन्न कार्यक्रम गरी ध्यानाकर्षण गर्दै आएको थियो ।

यसै विच सभासद किरण कुमार राईको पालामा पानीको खोजी गर्न धरान एकिकृत जलाधार सरक्षण तथा खानेपानी व्यवस्थापन समिति नै गठन गरेर लागि परेको थियो । त्यसको परीणाम स्वरुप काठमाण्डौ वस्ने धरानेहरुको साथ सहयोग वाट हालको खानेपानी योजना धरानमा ल्याउन सफल भएका थियौ । जनप्रतिनिधी विहिन तत्कालिन नगरपालिका र खानेपानी सस्थानको मात्र मुख ताकेर वसेको भए सम्भवत अझै ५ ६ वर्षै धरानले काकाकुलको नियति भोग्न तयार हुनु पर्ने थियो । यस अर्थमा खानेपानी को समस्या समाधान गर्न धरानका एक जनप्रतिनिधी,धरानका सवै राजनितिक दल, गैर सरकारी संधसस्था र नगरवासी नै तातिएर ल्याएको कुरामा कसैले विमति जनाउने ठाउ छैन ।

मेलम्ची खानेपानी परीयोजना वाहेक वजेटको हिसावले नेपालमै दोश्रो ठुलो परीयोजनाको रुपमा आएको यो आयोजना समयमै सम्पन्न भएर एउटा उदाहरण नै वन्न सफल भएको छ । मेलम्चीको परीयोजना शुरु भएको २० वर्ष हुदा पनि अझै सम्पन्न हुन नसकेको अवस्थामा समयसिमा भन्दा एक वर्ष अगाडि नै पानी वितरण –वार्ड न ११ १७) गर्न सफल भएर सरकार र क्रणदाताले भारी प्रसंसा गर्दैै यस वर्ष नेपालका उपमहानगरपालिका मध्ये धरान लाई सर्वोत्कृष्ट उपमहानगर पालिकाको रुपमा पुरस्कृत गरेको छ । यो नै धराने जनता र यहाका जनप्रतिनिधीहरुको सकृता कति छ भन्ने स्पष्ट हुन्छ । यधपी यो परीयोजना असफल वनाउन शुरुका दिन देखि अहिले सम्म वाहिरवाट आएका मानिसको उक्सावटमा केहि मानिसहरुले प्रयास नगरेका पनि होईनन । तर धरानमा नकारात्मक भन्दा सकारात्मक सोच भएका मानिसहरुको समुह धेरै भएकोले यस्ता विवादका वावजुद विकाशका कामहरु तिव्ररुपले अधि वडि रहेको छ र वडिनै रहने छ ।

पन्चकन्या जंगलमा पानी टंकि विवाद 
धरानमा नया परीयोजना आउना साथै यसले ठुलो विरोधको सामना गर्नु परेको थियो । विना तुकका विरोधले गर्दा झण्डै परीयोजना तुहिन लागेको थियो । यधपी धराने जनताको वलजोडले यो वल्लतल्ल सफलताको सिडिमा टेक्न पुगेको छ । नया परीयोजनाको ४ वटा पानी टंकि मध्ये सर्दु जलधार क्षेत्रको पानी सकलन गरेर धरान १३को फुश्रे,शिवधारा,अमरहाट र वार्ड न १४ को आधा भागका जनतालाई खुवाउन विजयपुरको पन्चकन्या मन्दिर नजिक एउटा ६ लाख लिटरको पानी ंटंकि वनाउन लागिएको हो ।

तर सो स्थान ऐतिहासिक राजाको दरवार भएकोले त्यहा नवनाउन केहि जातिय राजनितिक पार्टिहरुले दिनरात विरोधमा खटिएका छन । वास्तवमा सो स्थानमा टकि वनाउन कसैको ऐतिहास मास्ने उद्धेह्य र रहर होईन ।काकाकुृलको अवस्थामा वाच्न परीरहेको धरान जनताले चौविसै धण्टा शुद्ध पानी खाने अधिकारवाट वन्चित नहोस भन्ने उद्धेह्यका साथ नितान्त प्राविधिकहरुको राय सुझाव र योजना अनुसार वनाउन लागिएको थियो । त्यसको लागी परीयोजनाले पुर्याउनु पर्ने सवै नियम प्रकृयामा कतैे नचुकि,चुकेको ठाउमा पनि सच्याउदै सवैको राय सुझाव अनुसार टंकि खन्न थालिएको थियो । प्रकृया पुर्याउने हुदा झण्डै एक वर्ष ढिलो वन्ने पनि पक्का छ । आर्थिक रुपमा पनि परीयोजनाले केहि क्षति भोग्नु पर्ने भएको छ । अन्य भागका जनताले यहि चैत्र मसान्त देखि पानी खान थाल्ने भए पनि धरान १३ र १४ का जनताले नया परीयोजनाको पानी खान अझै एक वर्ष कुर्नु पर्ने भएको छ । यो टंकिको विवाद जति लम्विन्छ ति जनताले त्यति नै ढिलो पानी सुलभ ढंगले खान पाउने छैनन । के त त्यसै ठाउमा टंकि नवनाए ति जनताले पानी खान पाउदैनन त ? भन्ने प्रश्नहरु पनि उठने गरेको छ ।

निश्चितरुपमा पानी खान पाउछन तर सो उच्च स्थानमा टंकि वनाउदा ति जनताको तिन तले घरमा सहजै पानी चडने र नया परीयोजनाको पानी खुवाउन कठिन हुने कुरा प्राविधिकहरुले भनिसकेका छन । यहा स्मरणिय कुरा के छ भने यो नया परीयोजनाको मुख्य उद्धेह्य भनेको शुद्ध खाने पानी चौविसै घण्टा धारामा आउने र तिन तलाको घर सम्म विना मोटर चडन सक्ने सुविधा प्रदान गर्ने हो । यसको लागी सर्दुको पानीलाई विजयपुरको अग्लो स्थानमा टंकि वनाएर मात्र तिन तलामाथी चढने गरी वितरण गर्न सकिने प्राविधिकहरुको पटक पटकको सर्भे, अभ्यासले वताएको हुनाले सोहि खाली स्थानमा वनाउन लागिएको हो ।

शुरुमा विरोध जनाउने चार जातिय सस्थाहरुले पनि आफनै प्राविधिक लगाएर सर्भे गर्दा पनि अर्को कुनै विकल्प नदेखे पछि १८ वुदे सम्झौता गरी काम गर्न सहमति दिएका थिए । १८ वुद्दे सहमति आफैमा धरानका आदिवासी जनजाति तथा पन्चकन्या जंगलको विकाशको लागि ठुलो उपलव्धी हो । अव त्यहा पानी टकीको साथै पन्चकन्या जंगलको गुरु योजना वनाएर करौडौको योजना ल्याउने ढोका खुलेको छ । पानी नभएको जगलमा पछि कुनै कार्यक्रम गर्न पर्यटकिय स्थल वनाउदा पनि पानी त चाहिन्थ्यो नै वरु शुरुमै चाहिने पानीको टंकि वनाउछौ भन्दा सवैले सहयोग र प्रसंसा गर्नु पर्ने हो तर उल्टो विरोध हुदा स्थानिय जनताहरु र दाता सस्थाहरु अचम्ममा परेका छन । कुनै पुरातात्विक महत्वका वस्तुहरु पनि फेला नपरे पछि निर्माण गर्न लागिएको सो स्थानको वारेमा पुन केहि राजनितिक पार्टिहरुले अवरोध गर्नुले निदाएको भान गर्ने मान्छे लाई उठाउन खोज्नु जतिकै अप्ठायारो स्थिति आई परेको छ ।

धरानकै सवै राजनितिक दलको सहमतिमा यो परीयोजना अधि वडिरहेको छ । त्यहा टंकि वनाउन उपयुतm हुन्छ भन्ने योजना प्राविधिकहरुले दिएका हुन कुनै लहडवाजीमा भएको होइन । पुरानो खानेपानी वोर्ड र पुृरानै राजनितिक दलहरुको छत्रछायामा यो परीयोजना चलिरहेको छ । भर्खरै आएका मेयर तारा सुव्वाले मात्र सो स्थानमा जवर्जस्ती टंकि वनाउन लगाएको छ भन्ने जस्ता भ्रम छर्न खोजिनु पनि दुर्भाग्यको कुरा हो । नगरपालिकामा जुनसुकै दलका मान्छे जितेर आएको भए पनि परीयोजनाको कामकार्वाहि अगाडि वढाउनै पथ्र्यो सोहि जिम्मेवारी मेयर सुव्वाले निभाएका मात्र हुन । यसमा उनलाई नानाभातिको शव्दले आरोपित गर्दै आफै सहोदर जातिका मान्छेहरुले सराप्नुको कुनै अर्थ छैन । वरु मेयर सुव्वाले सवै प्रकृया पुगेर पनि जातिय सस्थाहरुको विरोध आए पछि दर्जनौ पटक समिति वनाएर वार्ता गर्ने काम गर्दा योजना अव दुई वर्ष पछि धकेलिने भएको छ । 
अन्तत जातिय सस्था सहमत भए पनि अन्य राजनितिक दलहरु असहमत हुनु,धरानको भन्दा पनि वाहिरका मानिसहरुले विरोधको कार्यक्रममा उक्साउनु, चासो देखाउनुले यो विरोधका स्वरहरु कहावाट परीचालित छ भन्ने कुरामा धराने जनता अन्यौलमा परेको देखिन्छ ।

सन्चारकर्मी र वुद्धिजीवीहरुको भूमीका
विगत केहि वर्ष देखि धरानका हरेक विकाश निर्माणको कामहरुमा अनेक वखडा झिकेर विरोध जनाउने एउटा रोग लागेको देखिन्छ । यो पानी टकि विवाद त एउटा पछिल्लो कडि मात्र हो यस भन्दा अधि वसपार्क एयरपोर्ट पुल पुलेसो वनाउदा पनि विरोधकै कारण कामअधि वडन सकेको छैन । यसले गर्दा वाख्रा हराएको भन्दा स्याल पल्केको मा पिर मान्न पर्नु अवस्था श्रृजना गरेको छ । यस्तो विवादको चक्रव्युहवाट धरानलाई वचाउन स्थानिय सन्चारकर्मीहरुको भूमीका अहम हुने गर्दछ । सचारकमीै भनेकोे जहिले पनि सत्यतथ्य वाहिर निकाल्ने र कसैको निजि स्वार्थले योजनामा अवरोध श्रृजना गरेको छ भने त्यसको भण्डाफोर गर्नु हुनु पर्दछ ।

अहिले पानी टंकिको विवादको गाठो कसिएको छ । यसलाई फुकाउन वार्तावाट सहमति खोज्न नगरपालिकाले भरमग्दुर प्रयास गरीरहेको देखिन्छ । यस्तो अवस्थामा सचारकर्मीहरुले पनि सत्यतथ्य खोजेर परीयोजनालाई अधि वडाउन सहयोग पुर्याउनु कर्तव्य हो । तर शुरुको दिन देखि नै केहि सचारकर्मी साथीहरुले यथार्तलार्ई तोडमोड गर्ने र सत्य केलाउने भन्दा अर्थिउपदेश दिने,आफै प्राविधिक ज्ञाता जस्तै भएर प्राविधिक ज्ञान दिने जस्ता कार्यमा शव्द खेरफालेको देखियो जसले गर्दा नराकात्मक सोच राख्ने लाई उक्साउन मदत पुग्न थालेको छ । यो खानेपानी योजना भनेको नितान्त प्राविधिक विषय हो । शुरुको दिनमा भुमीगत पानी निस्कन्दैन, पैसा मात्र खर्च गरेर धराने जनतालाई क्रणमा ढुवाउने पर्यो भन्ने आरोप लगाउदै खुव विरोध भयो ।

आजको जस्तै हरेक दिन विरोधको जुलुस, हस्ताक्षर सकलन,विज्ञप्तीको वाडि नै लागेको थियो । त्यस कुरामा पनि केहि स्थानिय पत्रकारहरुले ढुलमुले कुरा लेखेर जनतामा ठुलो भ्रम श्रृजन गर्न मदत गरेका थिए । तर प्राविधिकहरुले यहि धरानको भूमीवाट ८ ठाउमा खनेर आठै स्थानवाट पानीको धारा निकालि दिएका छन । र आज सोहि शुद्ध पानी हामी भाग्यमानी धरानेले खाने भएका छौ । हरेक दिन पानीको अभावले छटपटिएका धरानेहरुलाई आफनै घर आगन वाट पानीको मुहान खोजेर निकालिदिने प्राविधिक ईन्जिनियरहरु हाम्रो शत्रु हुन कि भगवान हुन ?अव उनीहरुको कुरा पत्याउने की नपत्याउने ? हामीले भावनामा वहेर प्राविधिक कुरामा रोकावट गर्न थाल्यौ भने यहा कहिल्यै विकाशका काम हुन सक्दैन ।

विजयपुर क्षेत्र आफैमा एउटा धार्मिक तथा एैतिहासिक महत्वको स्थल हो । ऐतिहासिक स्थल र सम्पदा भनेको सवैको साझा सम्पति हो,कुनै जाति सम्पदायको मात्र होईन । यसको सरक्षण सम्वद्र्धन गर्नु पर्छ । तर राजा वुद्धिकर्णलाई केहि जातिको मात्र पेवा जस्तै सम्झेर दरवार मा किन पानी टकि वनाउने ? भनेर वखेडा झिक्नुले सो स्थानको मात्र नभएर राजा वुद्धिकर्णलाई समेत विवादमा पार्न खोजिएको छ । पानी टंकि वन्ने स्थान मात्र नभएर सम्पुर्ण विजयपुर गढि राजा वुद्धिकर्णको राजधानी हो

भनेर ईतिहासकारहरुले भनेका छन । दसी प्रमाणले पनि त्यस्तै देखाएको छ । यदि दुई कठाको खाली जमिनमा पानी टंकि वनाउदा ऐतिहासिकता मेटिन्छ भनेर जिकिर गर्ने हो भने त सम्पुर्ण विजयपुर क्षेत्रमा केहि पनि निर्माण गर्न नदिनु पर्ने हो किन भने विजयपुर क्षेत्रको जुनसुकै ठाउमा राजाको केहि न केहि भग्नावसेस हरु पाईने गरेको छ । आज सम्म यस वारे किन चर्चा र चासो राखिएन ? एडिवी को क्रण सहयोगमा वनेको सो परीयोजनाको काममा मात्र किन यति विध्न चासो देखाइयो भन्ने वारे पनि नगरवासी रनभुल्लमा परेका छन ।

अन्तमा हरेक विकाश निर्माण भनेको जनताकै लागी हुने भएकोले जनताकै हितको लागी राजनितिक गर्छु भन्ने दल तथा सामाजिक सघ सगठनले पानी जस्तो अतिमहत्वपुर्ण विषयमा गम्भीर भएर कदम चाल्दा सवैको हित हुने छ । हरेक वर्ष काकाकुलको अवस्था भोग्नु पर्ने धराने जनताको घर घरमा खानेपानी पुग्नै लाग्दा उत्पन्न यो विवादलाई कुनै कसैले राजनितिक तथा व्यतिmगत इगोको विषय नवनाई वरु चाडो टकि वनाउन मदत गरेर हामी कोहि पनि विकाश विरोधी होइनउ भन्ने दृष्टान्त दिन वान्छनिय छ ।

प्रतिक्रिया दिनुहोस

पर्सा प्रहरीको प्रसश ...

रन्जित चौरसिया वीरगंज १० मंसिर। अवैधानिक र विवादित संगठन समाजबादी प्रेस संगठन नेपाल पर्सा शाखाको उपा ...

राष्ट्रीय स्तरमा कुर ...

काठमाडौं, मंसिर, ९ साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपा ...

क्याकुसिन करातेको डो ...

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१