ताजा समाचार

हानिकारक समाजिक मुल्य मान्यता विरुद्ध र्याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • मंसिर १७, २०७६
  • १५२७ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा ,मंसिर १७ गते ।ओरेक नेपाल, सिरहा युथ नेपाल र समग्र जन उत्थान केन्द्र लहानको संयुक्त आयोजनामा हानिकारक समाजिक मुल्य मान्यता विरुद्ध र्याली तथा अन्तरक्रिया कार्यक्रम माडरमा मंसिर १६ गते सम्पन्न भएको छ ।

समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो ।

आयोजक संस्था सिरहा युथ नेपालकी उपाध्यक्ष शसिरितरामाझी सदाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सिरहाको प्रतिनिधि, जिल्ला न्यायधिवक्ता, जिल्ला प्रहरी कार्यालय सिरहाको प्रतिनिधि, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, निर्वाचित जनप्रतिनिधि, संचारकर्मी, किशोरी समूम, महिला समूह, युवा समूह र स्थानिय लगायत ५ सय भन्दा बढीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा समग्र जन उत्थान केन्द्रको तर्फबाट बाल बिवाह तथा दहेज प्रथा विषयक कचहरी नाटक मंचन गरिएको थियो । जसमा समाधान दर्शकहरुले नै गरेको थियो ।

१६ दिने अभियानको आठौ दिन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य ओरेक नेपाल सिरहाकी कार्यक्रम अधिकृत देवकुमारी महराले गर्नुभयो भने कार्यक्रम संचालन समग्रको रामभरोसी महतोले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤