ताजा समाचार

समाजिक सुरक्षा भत्ताको विषयलाई राजनीतिकरण गरियो : मेयर बरबरिया

  • मंसिर १३, २०७६
  • १६२७ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम ,मंसिर १३ गते  । शहिदनगर नरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरपालिका भित्रका सम्पूर्ण बृद्धबुद्धाको समाजिक बितरण भैसकेको बताएका छन् ।

समाजिक सुरक्षा भत्ताको रकम विषयमा नेपाली काँग्रेसले गरेको आन्दोलन राजनीतिक र सुनुयोजित तथा कपोकल्पित आरोपहरु रहेको दाबी गरेका छन् ।

समाजिक सुरक्षाभत्ता समयमा नदिएको भन्दै मेयर बरबरिया विरुद्ध नारावाजी गरेपछि उनले माग अनुसारको रकम नै निकासा भईसकेको र बाँकी रकम आउने कोष तथा लेखा नियन्त्रणबाट आउने बित्तिक्कै वितरण गरिने जानकारी गराए ।

उनले आफू काम बिशेष बाहिर रहेको बेला राजनीतिक पूर्वाग्रह साधन जेष्ठ नागरिकलाई उक्साएर कपोकल्पित आरोप लगाउन लगाएको जनाए ।

उनले भने, ‘नगरपालिकाबाट माग बमोजिम कोष तथा लेखा नियन्त्रणबाट रकम आएको छैन, समयमै पत्राचार गरिएपनि रकम आउन ढिलाई भयो, तर जेष्ठ नागरिकहरुलाई राजनीतिक पूर्वाग्रह साधन उक्साईयो, वृद्धवृद्धालाई आन्दोलनमा ल्याएर वहाँहरुलाई दुःख दिने काम गर्नुभो ।’

नेपाली काँग्रेसको झण्डामा वृद्धवृद्धाहरुलाई सहभागी गराई आफु बिरुद्ध नारा जुलुस लगाएर समयको दुरुपयोग गरेको आरोप लगाए । उनले भने, ‘बिकासमा सबै सहकार्य गरौं भन्दा आउँदैन, तर बिकासको काम थोरै बढ्यो की बिरोध गर्न विपक्षीहरु आईहाल्छ ।’

मेयर बरबरियाले विहिबार आफु बिरुद्ध बलपूर्वक प्रदर्शन गर्न लगाएको आरोप लगाए । उनले भने, ‘पार्टीको झण्डा बोकाएर वृद्धवृद्धाहरुलाई भत्ताको लागि उक्साईयो, स्वभाविक हो, विरोधको आवाजले मेले केही किे, तर पार्टीको झण्डा बोकाएर बोल्न लगाउनु भनेको समाजिक नभई राजनीतिक समस्या बनाईयो, त्यो दुःखद हो ।

नगरपालिकाकै निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले संघीय सरकारबाट समाजिक सुरक्षा भत्ता रकम निकासा नभएकोले समस्या उत्पन्न भएको बताए । अधिकृत झाले हाल सम्म निकासा भएको सबै रकम बाँडिएको र निकासा हुन बाँकी रकम अहिले उपलब्ध गराउन असमर्थ रहेको बताए ।

उनले भने, ‘संघीय सरकारबाट समाजिक सुरक्षा भत्ता आउने बित्तिक्कै सबैको हातहातमा पुग्छ ।’ अधिकृत झाले भने, ‘चालु आवमा एक चौमासिक र दोश्रो चौमासिकको रकम थोरै मात्र निकासा भएकोले पुगेजतिलाई दियौं, बाँकी रकम अपुग छ, अब कोलानिकाबाट आउन लागेको छ, छिट्टै वहाँहरुले सबै भत्ता पाउनुहुन्छ ।’ चालु आवमा ८ करोड ८५ लाख ३ हजार ४ सय रकम आवश्यक भएपनि कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ४ करोड ७६ लाख ८५ हजार ५ सय मात्र निकासा भएपछि बृद्धा भत्तामा ढिलाई भएको स्विकारे । झाका अनुसार, घाटा तर्फ ३ करोड ८ लाख १८ हजार ४ सय निकासाको माग गरेपनि उपलब्ध नगराएपछि वृद्धभत्ता वितरणमा ढिलाई भएको बताए । नगरपालिका कार्यालयबाट समाजिक सुरक्षा भत्ताको अहिलेसम्म ११ करोड ८२ लाख ८ हजार रुपैयाँ निकासाको लागि राष्ट्रिय पञ्जिकरण विभागमा पत्र काटिसकेको जनाउँदै अहिलेसम्म निकासा नभएको बताएका छन् ।साभार :जनकपुर टाईम्स अन्लाईन 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤