ताजा समाचार

तीन महिनामा तीन बम विस्फोट, लहान आतंकित

  • चैत ११, २०७४
  • ८७२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

दिनेश्वर गुप्ता लहान, १० चैत्त । लहान ७ स्थित एक सुनचांदी पसलमा शुक्रबार भएको बम विस्फोटको विरोधमा आह्वान गरिएको लहान बन्दले जनजीवन प्रभावित भएको छ ।लहानको विकास ट्रेडर्स (सुनचांदी पसल) मा गराइएको बम विस्फोट घटनाका दोषीमाथि कारवाही गर्न माग गर्दै उद्योग वाणिज्य संघ, लहानले बन्द आह्वान गरेको हो । यो संगै लहान सुनचांदी व्यावसाय संघका अध्यक्ष श्यामकुमार साहद्धारा जारी गरिएको विज्ञाप्तीमा बम विस्फोट घटनामा घाईते भएका र ७ बर्षीय नावालकको चिन्ताजनक अवस्था रहेकोले यस्ता जघन्य अपराध एवं जनधनको क्षती गराएको कार्यप्रति घोर भत्र्सना गरिएको उल्लेख छ ।बन्दका कारण बिहानैदेखि सवारी साधन नचल्दा यहाँको जनजीवन प्रभावित भएको छ । अत्यावश्यकीय दमकल, खानेपानीका ट्यांकरलगायत सवारी साधन चले पनि सार्वजनिक तथा निजी सवारी न्यून चलेका छन् । 
यसैबीच, यस्ता अपराधिक घटनाका तुरुन्त छानविन र अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग मानव अधिकार संगठनका केन्द्रीय सदस्य तथा सिरहा अध्यक्ष राजकुमार राउतद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै, घटनाको विरोध गर्दै नागरिकको शान्ति सुरक्षाप्रति गम्भिर हुन लहान स्थित रहेको एक दर्जन संघसंस्थाले संयुक्त विज्ञप्ती जारी गरेको छ । संयुक्त विज्ञप्ती जारी गर्ने संस्थाहरु मानव अधिकार संरक्षण केन्द्र संजाल ,मानव अधिकार निगरानी समूह, मानव अधिकार संचार प्रतिष्ठान, इन्सेक, जुरी नेपाल, समग्र जनउत्थान केन्द्रलगायत एक दर्जन संघसंस्था रहेको छ ।
लहानमा पछिल्ला दिनमा व्यापारी लक्षित विस्फोटका घटना बढेका छन् । गत मंसिर २८ यता मात्रै व्यापारी निशाना गरेर ३ वटा विस्फोटका घटना भएका छन् । 
लहानको सहिद चौक स्थित रहेको नेपाल साईकल स्टोर अगाडि, शुभ लक्ष्मी किराना स्टोर अगाडि र आज विकास ट्रेडर्समै शक्तिशाली बम विस्फोट भएको छ । कृष्ण मनि ट्रान्फरको २२ लाख चोरी र पत्रकार मनोज बनैताको घरमा चोरी हुंदा अहिलेसम्म अपराधी तथा चोर पता लाग्न नसकेको रहस्मय बन्दै गएको छ । असुरक्षा बढिरहेका बेला सुरक्षाको माग गर्दै लहान बन्द गराएका हुन् । लहानमा भएको तीन महिनाभित्र भएको बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक पार्टीले लिएको छ । विगतको विस्फोटमा तीन जना घाईते भएका थिए ।Image may contain: one or more people, people sitting and shorts

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤