बालविवाहन्युनीकरण सम्बन्धि लेखन तथानिबन्धप्रतियोगिता सम्पन्न

  • बैशाख १६, २०८१
  • ४०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजु कुमारी दास सिरहा १६ बैशाख । श्री जनतामा.वि.गोलबजार ४ मा (१२ बैशाख, २०८१) ३० जनामा १५किशोर र १५किशोरीको सहभागितामा र श्री सरस्वतीमा.वि. जमदह गोलबजार ३ मा (१३ बैशाख २०८१) २५ जनामा १२ किशोर र १३ किशोरीको सहभागितामा बालविवाह न्युनीकरण विषयक निबन्ध लेखन प्रतियोगिता सम्मपन्न भएको छ ।

प्रतियोगिताको निर्णायक समितिमा श्री जनता माध्यमिक विद्यालय बाट तुलसा काफ्ले नन्दलालआचार्य र मुक्ति नेपालबाट संजू कुमारी दास गरी तीन जनाको निर्णयमा र  श्री सरस्वती मा.वि.गोलबजार ३ बाट शिक्षिका जीना राणा , नेपाली मोक्तान, भवानी साह र मुक्ति नेपाल बाट संजू कुमारी दास गरी चार जनाको निर्णयमा उनीहरुले लेखेको निबन्धमा लेखने तरीका , शैली , व्याकरण र विषयवस्तुलाई ध्यानमा राख्दै जनता मा.वि.गोलबजारकी कक्षा १० माअध्ययनरत वर्ष १५ की अन्नु नायक प्रथम, अर्नामा गाँउपालिका १ महनौर का वर्ष १७ को आनन्द पाल द्वतिय ,गोलबजार ८ का वर्ष १४ को मिथिलेश महतो तृतिय र बाँकिका २७ जनालाई सान्त्वना पुरस्कार त्यस्तै श्री सरस्वती माध्यमिक विद्ययालय गोलबजार ३ गोलामुक्सारकी वर्ष १५ की एन्जी राई प्रथम , गोलबजारकी वर्ष १३ की गंगा तामाङ द्वितिय, गोलबजार ३ मुसर्निया की वर्ष १५ की रश्मी तामाङ तृतिय पुरस्कार र बाँकीका २२ जनालाई सान्त्वना पुरस्कार स्वरुप क्रमशःप्रथम हुनेलाई ५ थानकापी र ५ थान पेन , द्वितिय ४–४ थानकापी र पेन , तृतिय ३–३ थान कपी र पेन , सान्त्वना १–१ थान कापी र पेन प्रदान गरीएको थियो ।

कार्यक्रमको उद्येश्य बालविवाह प्रति बालबालिकाको सचेतना स्तर उकास्ने र नजानेको जानकारी प्रदान गरी उनीहरुलाई बालविवाह के हो ? किन गरीन्छ ? यसका असरहरु के कस्ता छन् ? बालविवाह न्युनिकरणका लागि उनीहरुको प्रतिबद्धता र गरेको अनुभव तथा संघर्ष कस्तो छ ? यसलाई खोताल्दै उनीहरुलाई यस विषयमा बोल्न र जिज्ञासा राख्न सक्षम बनाउनु छ । साथै उनीहरु आफु सचेत भई बालविवाहका असर बारे बुझने छन् र यस प्रति सजगभई समाजिक कुरीति कुसंस्कार परिवर्तन गर्नुमा सहयोग पुर्याउने छन् ।

श्री जनता मा. वि. की शिक्षिका तुलसा काफ्ले का अनुसार बालविवाह न्युनिकरणका लागि बालबालिका लगायतअभिभावक पनि तेतीनै जिम्मेवार रहेको र मुक्ति नेपाल जस्ता अनेकौ संस्थाले यस्ता कार्यक्रम चलाएकै कारण बालविवाह पहिला भन्दा धेरै कम भएको छ , तर आजभोली प्रेम विवाह वा भागिविवाहले बालविवाह बढी भई रहेको उनको भनाई थियो । वहाले अगाडी थपिदै भन्नु भयो हामीले पढाई राख्दा धेरै बालिकाहरु विवाहित पाउछौ जो बालविवाह नै गरेको हुन्छ , उनीहरुलाई सोध्दा कोही आमाबाबाले गरीदीएको भन्छन् भने कतीले घरायसीकारण बताउछन् र आगाडी गएर उनीहरु पढाई नै छोडने गरेको उनी बताइन् । 

त्यस्तै कार्यक्रममा सहभागि किशोरी लक्ष्मी ठाकुर भन्छीन् हाम्रो अभिभावकहरु वा समाजका व्यक्तिहरुमा छोराले राम्रो संग पढ्यो भने बुढेसकालमा कमाएर खुवाउने गर्छन , सहारा हुन्छन तर छोरी त अर्काको घर जाने भएको र जती पढाए त्यती बढी दाइजो लाग्ने भएको कारणले छोरीको छिट्टै विवाह गरेर पठाई दिने सोच र प्रचलनका कारण किशोरीहरु बढी प्रभावित हुने गरेको देखिन्छ । तर हामी छोरीले पनि पढेर आफ्नो खुट्टामा उभियो भने आमाबाबाको सहारा बन्न सक्छौं र छोराले भन्दा राम्रो संग आमाबुवाको स्यहार गर्न सक्छौ तर विडम्बना हामीलाई अवसर नै दीइदैनन् ।

प्रतिक्रिया दिनुहोस

सरकारबाट बाहिरिए उपे ...

लहान , ३१ वैशाख । जनता समाजवादी पार्टी नेपाल संघ सरकारबाट बाहिरिएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा ...

अधिकृत श्रीवास्तवको ...

रंजित चौरसिया,वीरगंज ३० बैशाख। पर्साको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार ...

दलाली र चाप्लुसी गर् ...

रंजित चौरसिया वैशाख ३०  वीरगंज । पत्रकारिताको नाममा दलाली चाप्लुसी गर्दै जिविका चलाउदै आएका कथि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१