रौतहटमा सडक पेटीमा बसिरहेको नावालकलाई मोटरसाइकलले ठक्कर दिँदा ३ जना घाइते 

  • माघ ५, २०८०
  • ७५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ५ माघ ।  रौतहटको यमुनामाई गाउँपालिका बमनहर स्थित मोटरसाइकलले ठक्कर दिँदा सडक छेउमा बस्ने तिन जना नबालक यात्री घाईते भएका छन् । यमुनामाई गाउँपालिका वडा नं ५ झुन्खुनवा टोल बस्ने लखिन्द्र माझीको ११ वर्षीय रूपेश माझी, बिजुली माझीको १२ बर्षीय छोरा गोलु माझी र रामइश्वर माझीको ९ बर्षीय छोरा पेटफुला माझी गरि ३ जनालाई हुलाकी सडक छेउपेट्टीमा बसेको अवसरमा बमनहर चौकदेखि पश्चिम दिशाबाट आउदै गरेको बौधिमाई नपा वडा नं ९ सरमुजवा निवासी २१ बर्षीय मोटरसाइकल सवारी चालक सुमित जयसवाल र सोही नपा वडा नं ६ पिपरीया निवासी २४ बर्षीय राजन कुमार यादवले चढेको मोटरसाइकलले ठोक्किएर गम्भीर घाइते बनाएको छ । ३ जना गम्भीर बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ भने मोटरसाइकल चालक र सवारी अस्थाई प्रहरी चौकी पोष्ट सरूअठाराखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

कृषि क्षेत्रमा फर्को ...

रहमुल लहान २६ बैशाख कृषि क्षेत्रमा फर्को मार्दै सिरहाको नवराजपुर गाउँपालिका शिवउदगार यादव नेतृत्वको ...

सुरुङ्गा नगरपालिकाको ...

जग जिवन राम, सुरुङ्गा २४ बैसाख सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य शाखामा औषधी अभ ...

ट्राफिक प्रहरी कार्य ...

कपिलवस्तु, बैशाख २३ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१