बाईक दुर्घटनामा तीन जनाको मृत्यु

  • मंसिर ७, २०८०
  • ६७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर ७ । सिरहामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु र एक घाइते भएको छ । सिराहा नगरपालिका-१९ सन्हैठास्थित नयाँ चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएको छ । घाइतेहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा मृत्यु भएको र बताईएको छ भने दुर्घटनामा घाईते भएका १५ वर्षीय युवराजकुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कृषि क्षेत्रमा फर्को ...

रहमुल लहान २६ बैशाख कृषि क्षेत्रमा फर्को मार्दै सिरहाको नवराजपुर गाउँपालिका शिवउदगार यादव नेतृत्वको ...

सुरुङ्गा नगरपालिकाको ...

जग जिवन राम, सुरुङ्गा २४ बैसाख सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य शाखामा औषधी अभ ...

ट्राफिक प्रहरी कार्य ...

कपिलवस्तु, बैशाख २३ कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा ट्राफिक प्रहरी कार्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१