Siraha Times
ताजा समाचार

गुगल एकेडेमीमा विविध ५० विधामा खेलकुद प्रतियोगिता सम्पन्न

  • पुस २९, २०८२
  • ५१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार वार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको खेलकुद मैदानमा कक्षा पी.जी. देखि युकेजी सम्मका स–साना वाल–बालिकाको सहभागितामा विविध खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक नरेश राउत कुर्मीको अध्यक्षतामा सम्पनन सो कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष विजय प्रसाद कुर्मीले यस्ता खेलकुद गतिविधिले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता रचनात्मक खेलकुद कार्यक्रम समय–समयमा आयोजना गर्न विद्यालयलाई सुझाव दिएका थिए । सो कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विधाका ५० वटा खेलकुद, मार्चपास तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

खेलकुद प्रतियोगितामा निर्णायकको भूमिकामा श्रीजंग ब्यारेक, श्रीपुरका उपसेनानी दिपेश अधिकारी तथा जमादार कमल प्रसाद अधिकारी रहेका थिए । खेलकुद प्रतियोगितामा विजेता, उपबिजेता तथा सहभागीहरुलाई शिल्ड मेडल तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा एनप्याब्सन वीरगञ्ज नगर समितिका अध्यक्ष जियालाल गुप्ता, समाजसेवी रामानन्द पटेल, वीरगंज महानगरपालिकाका जनसम्पर्क सल्लाहकार तथा प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्र, रिपोर्टर्स क्लब पर्साका कन्हैया गुप्ता लगायतको शुभकामना मनतव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई सफल बनाउन शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ । कार्यक्रमको सञ्चालन आदित्य कलवार र प्रेरणा श्रीवास्तवले गरेका थिए भने स्वागत मन्तव्य विद्यालयका शिक्षक एस.के. लामाले व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

तराईमा जुडशीतलको उल् ...

​विनोद अविरल/ सिराहा वैशाख २ । तराई-मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व हर्षोल्लासका साथ म ...

संगठित कुशवाहा, समृद ...

सिरहा टाइम्स लहान वैशाख १ । “संगठित कुशवाहा, समृद्ध समाज” भन्ने मूल नारासहित नेपाल कुशवा ...

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१