Siraha Times
ताजा समाचार

पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कृष्णानगरमा मनाइयो

  • पुस २८, २०८२
  • ७५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी पुष २८। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ। वि.सं. १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो।

जिल्ला कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हर्सोउल्लासका साथ नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस मनाइएको छ। राष्ट्रीय प्रजातन्त्र पार्टीको आयोजनामा कृष्णनगर बजारमा सो दिवस मनाइएको हो। कार्यक्रममा पृथ्वी नरायण शाहले नेपाल एकिकरणमा गरेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन।

राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु जिल्लाको कृष्णनगर नगर अध्यक्ष जय प्रकाश गुप्ताको अध्यक्षतामा राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाह देव सरकार को ३०४ औं जन्मोत्सव तथा राष्ट्रिय एकता दिवस दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो।

केन्द्रीय सदस्य श्याम कुमार मिश्र,लुम्बिनी प्रदेश सदस्य दीपक रजौरिया, राम सेवक यादव, युवा संगठनका जिल्ला अध्यक्ष सुनील कुमार मोदनवाल, युवा संगठनको जिल्ला सचिव राहुल मोदनवाल, क्षेत्र नं को अध्यक्ष प्रताप सिंह चौधरी,३ ख अध्यक्ष सुरेन्द्र प्रसाद मौर्य, नगर सचिव डाक्टर अखिलेशवर पान्डे, माता बर्मा, रबि कशौधन, महेश चतुर्वेदी,मोइद अहमद लगायत को उपस्थितमा कार्यक्रम संपन्न भएको छ। कार्यक्रम राष्ट्रीय प्रजातन्त्र पार्टीका जिल्ला सचिव प्रेम शंकर शुक्लाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१