२४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जना नियन्त्रणमा

  • फागुन १४, २०८०
  • १००६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, फाल्गुन १४ कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले तीनजना महिला र दुई जना पुरुषलाई २४ केजि ५६० ग्राम लागू औषध चरेससहित आइतबार साझ नियन्त्रणमा लिएको छ । रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै छ भन्ने प्राप्त गोप्य सुचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई चेकजाँच गरेको थियो ।

खनियाबास ५ धादिङका ५९ बर्सिय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ बर्सिय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ बर्सिय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० बर्सिय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पुर्बका ३७ बर्सिय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो । निजहरूको कम्मरमा कपडाको पेटि बनाई बाधी लुकाई छिपाई राखिएको अबस्थामा प्रहरीले खानतलासी गरि उक्त लागू औषध बरामद गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । भरिया मात्र पक्राउ परेर मुख्य कारोबारी उम्कन्थे तर यो घटनामा भने कपिलवस्तु प्रहरी सफल रह्यो । धादिङकि सेती तामाङ पेशेवर भरिया हुन । उनी येस अघि धादिङ र कृष्णनगर बाट लागु औषध चरेससहित पक्राउ परेर मुद्दा खेपिसकेकी पात्र हुन । उनी धरौटीमा छुटेदेखी प्रहरीले निगरानी गरिरहेको थियो । भुमेकी भावना दाङको लमही बसोबास गर्छिन भने बाकी ४ जना भारतमा मजदुरी गर्ने बुझिएको छ। नियन्त्रणमा लिइएका पाँचै जनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१