लुम्बिनी प्रदेश जिल्ला कपिलवस्तुको विजयनगरमा छात्रालाई निःशुल्क साइकल

  • असार ८, २०७९
  • ५३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी विजयनगर लुम्बिनी प्रदेश जिल्ला कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण गरेको हो । विजयनगरका कक्षा ९ र ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको हो । तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि गाउँपालिकाले छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले बताउनुभयो ।उहाँका अनुसार गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत पालिकामा रहेका विद्यालय ९ र ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिला सशक्त भए मात्र पालिकाको विकास सम्भव रहेको दोहोर्याउँदै थापाले भने, ‘साइकलले महिला सशक्त नभएपनि समाजिक रुपान्तरणका लागि सहयोगी हुन्छ ।’ शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए । त्यसतै कार्यक्रम बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा पालिकालाइलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो । यसअघि पनि २०७७/०७८ मा विजयनगरका ९ र ११ का विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

अकवरे खुर्सानीको लाग ...

विनोद मण्डल साउन ३१ । नेपाल भौगोलिक रूपमा विकट मानिएको छ जहाँ वातावरणीय विविधता हुनुका साथै कृषि फशल ...

सबै जात जाती र समुदा ...

कृष्णनगर, साउन ३१ मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरशद बेगले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिक ...

शौचालय व्यबस्थितमा ध ...

विनोद मण्डल साउन ३१ । नवलपरासीको सदरमुकाम परासी बुद्धचोंकस्थित निर्मित सार्वजनिक शौचालय सञ्चालनमा नव ...