ताजा समाचार

रविदास समाज सेवा नेपाल कतारद्वारा विदाई समारोह सप्पन्न

  • पुस २७, २०७८
  • १२९८ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम
दोहा- रविदास समाज सेवा नेपाल कतारले गत शुक्रबार एक कार्यक्रमको आयोजना गरि श्री नारायण राम र विजय रामलाई बिदाई गरेको छ।रविदास समाज सेवा नेपाल कतारका संस्थापक सचीव श्री नारायण रामले कतारलाई विट मार्दै तथा प्रवक्ता बिजय रामले बिदामा नेपाल जान लागेकोमा कतारमा रहेर नेपाली समुदायहरुको सहयोग गर्न तथा संस्थामा उत्कृष्ट भुमिका खेलेका दुबै जनालाई विदाई गरिएको हो।सनैयाको ग्राण्ड मल्लमा भएको सो कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डव महराको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा संयोजक किर्ते महराले यस संस्थामा सम्पूर्ण रविदास समुदायलाई आफ्नै परिवार जस्तै लाग्नु पर्ने बताएका थिए ।विदाई गर्दै संस्थाका उपाध्यक्ष प्रमोद महराले हाम्रो समुदाय दैवी प्रकोप वा दुख परेका बेलामा हामी सदैब महत्त्वपूर्ण योगदान दिने बताए ।सल्लाहकार दिपेन्द्र महराले प्रदेश -२ को आठै वट जिल्लामा नगरपालिका / गाउँपालिका देखि वडा स्तर सम्म रविदास समाज सेवा गठन गर्न अपिल गरेका छ्न।
कार्यक्रममा कातारका सह संयोजक लालबाबू राम कोषाध्यक्ष लक्ष्मी राम सह सचिव रामउदगार राम संस्थापक संयोजक एव वर्तमान प्रेस संयोजक रामएकवाल राम सदस्यहरु सोमन महरा महेश्वर महरा तेतर महरा जिबछ महरा लगायत विभिन्न सदस्यहरुको उपस्थित सबैजनाले विदाई दिदै कतारमा रविदास समुदाय वा कुनै पनि नेपालीलाई केही आपत विपत परेको बेला हामी सहयोग गर्ने प्रतिवद्धता जनाए ।कोभिड-१९ को रोकथाम तथा कतार सरकारले लगाएको नियमलाई पालना गरि कार्यक्रम गरेको संयोजक महराले जानकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस

चर्पी स्वास्थ्य, सरस ...

लहान, २२ असोज । घरमा चर्पी हुनु भनेको केवल शौच गर्ने ठाउँ हुनु मात्र होइन। यो परिवारको स्वास्थ्य, सर ...

सामाजिक परीक्षणसँगै ...

रहमुल, लहान, २२ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ करमनियास्थित श्री अवधि फेकनी माध्यमिक विद ...

सुखीपुरमा १९ करोड १५ ...

रहमुल, लहान, २२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको रु. १९ करोड १५ लाखको लागतमा निर्माण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤