Siraha Times
ताजा समाचार

सिरहा ( कल्याणपुर ) : जलिरहेको खुर्सानीको धुवाँमा लिप्त एक तान्त्रिक बाबा

  • मंसिर ३, २०७८
  • १५९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ०३, मंसिर । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर - ५ ,६ चिकना भोक्राहा स्थित रहेको कमला नदिको छेउमा एक तान्त्रिक बाबाले झण्डा मेलाको आयोजना गरी तपस्यामा लिन छन् । २०७८ मंसिर ३ गते देखि ८ गते सम्म ६ दिनका लागि उक्त तान्त्रिक बाबा द्वारा महावीर झण्डा मेला कमला निवासमा आयोजना गरिएको तान्त्रिक बाबाले पत्रकार सम्मेलन मार्फत सुनाउनु भयो । जलिरहेको आगोमा खुर्सानीको धुवाँको बास्ना लिई दैनिक करिब ८ घण्टा तान्त्रिक बाबाले यज्ञको सुरुवात गरिसकेको समाजसेवी एवम कार्तिक कुम्मर मेला महोत्सवका सल्लाहकार कुशेश्वर साहले बताएका छन् । जलिरहेको खुर्सानीको बास्ना लिईरहेको बेला तान्त्रिक बाबा समक्ष भक्तजनले कुनै पनि मनोकान्क्षा राखेको खण्डमा मनोकान्क्षा पुराहुने उनले बताए ।

बाबा समक्ष भक्तजनले नि:शुल्क मनोकान्क्षा राख्न सक्ने छ्न् । हिन्दु धर्मावलम्बीको आस्था संग जोडिएको , धार्मिक कार्य भएकोले निशुल्क हो , मनोकान्क्षा पूरा भएपछि खुसी साथ भक्तजनले केही दिएमा मात्र ग्रहण गर्ने बाबाले बताएका छन् । `खुशी दान महा - कल्याण´ भन्दै तान्त्रिक बाबाले भने- मलाई कुनै लोभ छैन् , म समाजको कल्याणको हितको लागि मेला आयोजना गरेको छु , सुनाए ।, प्रती बोरा २५ केजिको दरले करिब ४० बोरा खुर्सानी आगोमा जलाउने योजना रहेको तान्त्रिक बाबाले सुनाएका छन् । समाजको हितको लागि हामि जहाँ धार्मिक कार्यको आयोजना गर्छु, त्यहाँको समाज संग पहिला सोधपुछ गरेर अनि मात्र उक्त कार्यको सुरुवात गर्ने गरेको छु , बाबाले पत्रकारहरुलाई सुनाए ।, यसअघि सिरहा सहित तराईका विभिन्न जिल्लामा तान्त्रिकबाबाले तान्त्रिक होम , तुलसी महायज्ञ , भण्डारा , हनुमान आराधना लगायतको धर्मकर्म गर्दै आएका छन् ।

तान्त्रिक बाबाले कमला नदिको किनारमा कार्तिक पुर्णिामाको दिन लगातार ५ बर्ष सम्म विभिन्न खाले यज्ञ लगाउने तयारी समेत गरेका छन् । उनी भिक्षा मागी यज्ञ लगाउने गर्दछ , जिवनमा १ सय ८ ठाउँमा विभिन्न खाले यज्ञको आयोजना गर्ने बाबाको योजना छ । तान्त्रिक बाबा द्वारा चिक्ना भोक्राहामा आयोजित झण्डा मेलामा भगवान राम , लक्ष्मण , महुथिया ( चालक ) सवार हाती अन्कित मुर्तिमा झण्डा राखेका छन् । हनुमान जि महाराज , सबुरी माता लगायतको मुर्ती सहित झण्डा मेला लगाएका छन् । गाउँघर, समाजको कल्याणको लागि आफू धर्मकर्ममा लिप्त भई विभिन्न ठाउँमा भिक्षा मागेर यज्ञको आयोजना गरेको बाबाले सुनाए । तान्त्रिक बाबा संगसङै दर्जनै बाबाहरु सहभागी उक्त झण्डा मेलाको यज्ञमा आशिर्वाद लिने हजारौ भक्तजनहरुको घुइँचो रहेको मेला समितिले जनाएको छ । स्थानीय समाज र सहयोगी मनहरुको सहयोगमा भिक्षा मागेरै उक्त मेला ब्यबस्थापनका लागि तान्त्रिक बाबाले लाखै रकम खर्च गरेका छन् ।

Open photo

प्रतिक्रिया दिनुहोस

विशेष सूचनाका आधारमा ...

ओम प्रकाश यादव लहान, असार १६। सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–३ कुर्वा टोलबाट प्रहरीले १४ कि ...

रामनगरमा निःशुल्क पश ...

ओम प्रकाश यादव लहान असार १६। सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगरमा आर्थिक वर्ष २०८२/०८३ को ...

दक्ष जनशक्ति उत्पादन ...

कपिलवस्तु, असार १५ । वि.सं. २०५४ मा स्थापित कपिलवस्तु प्राविधिक प्रतिष्ठान, बाणगंगा–२ पिपराले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१