सिरहा ( कल्याणपुर ) : जलिरहेको खुर्सानीको धुवाँमा लिप्त एक तान्त्रिक बाबा

  • मंसिर ३, २०७८
  • १०७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ०३, मंसिर । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर - ५ ,६ चिकना भोक्राहा स्थित रहेको कमला नदिको छेउमा एक तान्त्रिक बाबाले झण्डा मेलाको आयोजना गरी तपस्यामा लिन छन् । २०७८ मंसिर ३ गते देखि ८ गते सम्म ६ दिनका लागि उक्त तान्त्रिक बाबा द्वारा महावीर झण्डा मेला कमला निवासमा आयोजना गरिएको तान्त्रिक बाबाले पत्रकार सम्मेलन मार्फत सुनाउनु भयो । जलिरहेको आगोमा खुर्सानीको धुवाँको बास्ना लिई दैनिक करिब ८ घण्टा तान्त्रिक बाबाले यज्ञको सुरुवात गरिसकेको समाजसेवी एवम कार्तिक कुम्मर मेला महोत्सवका सल्लाहकार कुशेश्वर साहले बताएका छन् । जलिरहेको खुर्सानीको बास्ना लिईरहेको बेला तान्त्रिक बाबा समक्ष भक्तजनले कुनै पनि मनोकान्क्षा राखेको खण्डमा मनोकान्क्षा पुराहुने उनले बताए ।

बाबा समक्ष भक्तजनले नि:शुल्क मनोकान्क्षा राख्न सक्ने छ्न् । हिन्दु धर्मावलम्बीको आस्था संग जोडिएको , धार्मिक कार्य भएकोले निशुल्क हो , मनोकान्क्षा पूरा भएपछि खुसी साथ भक्तजनले केही दिएमा मात्र ग्रहण गर्ने बाबाले बताएका छन् । `खुशी दान महा - कल्याण´ भन्दै तान्त्रिक बाबाले भने- मलाई कुनै लोभ छैन् , म समाजको कल्याणको हितको लागि मेला आयोजना गरेको छु , सुनाए ।, प्रती बोरा २५ केजिको दरले करिब ४० बोरा खुर्सानी आगोमा जलाउने योजना रहेको तान्त्रिक बाबाले सुनाएका छन् । समाजको हितको लागि हामि जहाँ धार्मिक कार्यको आयोजना गर्छु, त्यहाँको समाज संग पहिला सोधपुछ गरेर अनि मात्र उक्त कार्यको सुरुवात गर्ने गरेको छु , बाबाले पत्रकारहरुलाई सुनाए ।, यसअघि सिरहा सहित तराईका विभिन्न जिल्लामा तान्त्रिकबाबाले तान्त्रिक होम , तुलसी महायज्ञ , भण्डारा , हनुमान आराधना लगायतको धर्मकर्म गर्दै आएका छन् ।

तान्त्रिक बाबाले कमला नदिको किनारमा कार्तिक पुर्णिामाको दिन लगातार ५ बर्ष सम्म विभिन्न खाले यज्ञ लगाउने तयारी समेत गरेका छन् । उनी भिक्षा मागी यज्ञ लगाउने गर्दछ , जिवनमा १ सय ८ ठाउँमा विभिन्न खाले यज्ञको आयोजना गर्ने बाबाको योजना छ । तान्त्रिक बाबा द्वारा चिक्ना भोक्राहामा आयोजित झण्डा मेलामा भगवान राम , लक्ष्मण , महुथिया ( चालक ) सवार हाती अन्कित मुर्तिमा झण्डा राखेका छन् । हनुमान जि महाराज , सबुरी माता लगायतको मुर्ती सहित झण्डा मेला लगाएका छन् । गाउँघर, समाजको कल्याणको लागि आफू धर्मकर्ममा लिप्त भई विभिन्न ठाउँमा भिक्षा मागेर यज्ञको आयोजना गरेको बाबाले सुनाए । तान्त्रिक बाबा संगसङै दर्जनै बाबाहरु सहभागी उक्त झण्डा मेलाको यज्ञमा आशिर्वाद लिने हजारौ भक्तजनहरुको घुइँचो रहेको मेला समितिले जनाएको छ । स्थानीय समाज र सहयोगी मनहरुको सहयोगमा भिक्षा मागेरै उक्त मेला ब्यबस्थापनका लागि तान्त्रिक बाबाले लाखै रकम खर्च गरेका छन् ।

Open photo

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा ३ ...

रहमुल लहान चैत्र १६ । मधेश प्रदेशको सिरहा जिल्ला सखुवानान्कारकट्टी गाउँपालिकामा आज देखि विधिवत रुपमा ...

प्रदेश सरकार द्वारा ...

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन् ...

जातिय छुवाछुत विरुद् ...

संजू कुमारी दास चैत्र १४ । गोलबजार नगरपालिका वडा नं. ५ मगर टोलमा जातिय छुआछुत विरुद्धको शान्ति भोज स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१