Siraha Times
ताजा समाचार

अतिविपन्न महिलालाई व्यवसाय विस्तारका लागि सिलाई सामग्री हस्तान्तरण, आत्मनिर्भर बनाउने भगवानपुर गाउँपालिकाको पहल

  • असार २६, २०८३
  • ३७४ पटक पढिएको
  • रहमुल
alt

रहमुल सिरहा, २६ असार । सिरहाको भगवानपुर गाउँपालिकाले सिलाई व्यवसायमा संलग्न अतिविपन्न, दलित, गरिब तथा सीमान्तकृत महिलाहरूको आयआर्जन वृद्धि र आर्थिक सशक्तीकरणका लागि आवश्यक प्रविधि तथा सामग्री हस्तान्तरण गरेको छ। गाउँपालिकाले विगतमा सिलाई–कटाई तालिम प्रदान गरी सिलाई मेसिन वितरण गरेका महिलाहरूलाई व्यवसाय थप विस्तार गर्न सहज होस् भन्ने उद्देश्यले इन्टरलक मेसिन, सिलाई टेबुल, आइरन, विभिन्न टुल्स तथा आवश्यक उपकरणहरू हस्तान्तरण गरेको हो। गाउँपालिका अध्यक्ष उग्रनारायण यादवका अनुसार तालिमपछि व्यवसाय सञ्चालन गरिरहेका महिलाहरूलाई थप प्रविधि उपलब्ध गराउँदा उनीहरूको उत्पादन क्षमता बढ्ने, सेवा गुणस्तरीय हुने र आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ।

अध्यक्ष यादवले स्थानीय सरकारले विशेष गरी अतिविपन्न, दलित, गरिब तथा सीमान्तकृत महिलाहरूलाई लक्षित गरेर यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। उनका अनुसार आर्थिक रूपमा कमजोर महिलाहरूलाई आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना गरी आत्मनिर्भर बनाउने तथा परिवारको जीवनस्तर सुधार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। "गरिब परिवारका महिलाले आफ्नै सीपबाट आम्दानी गर्न सकून्, हातमुख जोड्न सहज होस् र सम्मानजनक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले स्थानीय सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ," अध्यक्ष यादवले बताए।

स्थानीय सरकारको यो पहलले महिलाहरूलाई उद्यमशीलता तर्फ थप प्रेरित गर्नुका साथै स्वरोजगार सिर्जना, गरिबी न्यूनीकरण र आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ। स्थानीय महिलाहरूले पनि प्राप्त उपकरणले आफ्नो व्यवसाय विस्तार गर्न सहज हुने, उत्पादनको गुणस्तर सुधारिने तथा आम्दानी बढ्ने अपेक्षा व्यक्त गरेका छन्। गाउँपालिकाले आगामी दिनमा पनि सीपमूलक तालिम र उद्यम विकाससम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१