Siraha Times
ताजा समाचार

लाहानको विकट बस्तीमा पुग्यो मोटरबाटो: ३ घण्टाको पैदल यात्रा सकियो, मेयर चौधरीको प्रशंसा  ​

  • वैशाख ४, २०८३
  • ३२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल, लहान बैशाख ४, सिराहा । ​सिराहाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्रको रूपमा चिनिने बेतहा र आसपासका बस्तीहरूमा पहिलोपटक सहज रूपमा सवारी साधन पुग्न थालेका छन् । लामो समयदेखि सडक सञ्जालको पहुँचबाट टाढा रहेका यी बस्तीहरूमा नगर प्रमुख (मेयर) महेश प्रसाद चौधरीको सक्रियतासँगै बाटोको समस्या समाधान भएको हो । ​ ​नगरपालिकाको विकट मानिने निम्न स्थानहरूमा अहिले सवारी साधनहरू सजिलै पुग्न थालेका छन्: ​सिमल चौरी ​कालीखोला ​विचारी दह ​चौतारा ​धनुषटार ​गाउजे ​यसअघि यी बस्तीका बासिन्दाहरूलाई मेनहर्वादेखि आफ्नो घर पुग्न करिब ३ घण्टाको कठिन पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । बाटो मर्मत र निर्माण भएसँगै वर्षौँदेखिको यो सास्ती अब अन्त्य भएको छ । ​

​उक्त भेगका बासिन्दाले भोग्दै आएको बाटोको समस्याका बारेमा पटक–पटक समाचारहरू सार्वजनिक भएपछि मेयर महेश प्रसाद चौधरीले विशेष चासो देखाउनुभएको थियो । उहाँले तत्काल प्राविधिक टोली र जेसिभी (JCB) परिचालन गरी बाटो मर्मत तथा निर्माण कार्यलाई तीव्रता दिनुभएको थियो । संक्षिप्त कुराकानीमा ​"जनताको आधारभूत आवश्यकता नै हाम्रो प्राथमिकता हो । दुर्गम भनिएका बस्तीलाई सुगम बनाउन हामी निरन्तर लागिरहनेछौँ ।" — मेयर महेश प्रसाद चौधरीले बताए । ​ ​घरदैलोमै सवारी साधन पुग्न थालेपछि स्थानीय बासिन्दाहरू हर्षित भएका छन् । विकासप्रेमी छवि बनाउनुभएका मेयर चौधरीको यो कार्यले गर्दा अहिले दुर्गम क्षेत्रका बस्तीहरूमा उहाँको व्यापक चर्चा र प्रशंसा भइरहेको छ । बाटो खुलेसँगै अब स्वास्थ्य सेवा, शिक्षा र दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत सहजता आउने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा विपद ...

प्रमोद थारु सप्तरी साउन ६ । वर्षायामसँगै बाढी, डुबान, आगलागी, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को ज ...

खुल्ला दिसाबाट फैलिन ...

ओम प्रकाश यादव लहान, साउन ६। वर्षायाम सुरु भएसँगै विभिन्न स्थानमा अझै पनि खुल्ला दिसा गर्ने प्रवृत्त ...

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१