Siraha Times
ताजा समाचार

जनकपुरधाममा बालअधिकारसम्बन्धी सुझाव–पत्र हस्तान्तरण

  • चैत २८, २०८२
  • ४३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान चैत २८ । बालबालिकाको हक, हित र संरक्षणलाई सुदृढ बनाउन केन्द्रित एक महत्वपूर्ण पहल अन्तर्गत जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेशस्तरीय बालक्लब सञ्जाल (CC Network), सप्तरी जिल्ला बाल क्लब सञ्जाल तथा बाल अधिकारका लागि नागरिक समाज संस्था सञ्जाल (CNCR) द्वारा संयुक्त रूपमा तयार गरिएको सुझाव–पत्र माननीय डा. शीला मिश्रसमक्ष हस्तान्तरण गरिएको छ।

उक्त सुझाव–पत्र Save the Children को सहयोग तथा बालबालिकाको प्रत्यक्ष र सक्रिय सहभागितामा तयार गरिएको हो। कार्यक्रममा सहभागी बालबालिकाले आफ्ना अनुभव, समस्या र अपेक्षालाई समेट्दै तयार गरिएको दस्तावेज मार्फत राज्यको ध्यान आकृष्ट गरेका छन्।

सुझाव–पत्रमा बालबालिकासँग प्रत्यक्ष रूपमा जोडिएका विभिन्न ज्वलन्त विषयहरूलाई प्राथमिकताका साथ उठाइएको छ। विशेषगरी स्वास्थ्य तथा पोषण सेवामा सहज पहुँचको अभाव, बालश्रम र बालविवाहजस्ता सामाजिक कुरीतिहरू, बालबालिकामाथि हुने हिंसा तथा साइबर जोखिमका चुनौतीहरूलाई गम्भीर रूपमा प्रस्तुत गरिएको छ।

त्यसैगरी गुणस्तरीय शिक्षाको अभाव, विद्यालयमा आधारभूत सुविधा कमी तथा शिक्षण प्रणालीमा सुधारको आवश्यकता औंल्याइएको छ। नीति निर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि सुझाव–पत्रमा उल्लेख गरिएको छ।

बालबालिकाले वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तनका असरबारे समेत चिन्ता व्यक्त गरेका छन्। बढ्दो प्रदूषण, अस्वस्थ वातावरण र प्राकृतिक विपद्का कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने असरलाई ध्यानमा राख्दै प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक रहेको सुझाव–पत्रमा उल्लेख गरिएको छ।

सुझाव–पत्र हस्तान्तरण गर्दै बालक्लबका प्रतिनिधिहरूले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा बालअधिकारसम्बन्धी विषयहरूलाई प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेका छन्। बालबालिकाको समावेशी विकास र अधिकारको सुनिश्चितताका लागि यस्ता मुद्दाहरूलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उनीहरूको जोड थियो।

कार्यक्रममा बोल्दै माननीय डा. शीला मिश्रले बालबालिकाको आवाजलाई नीति निर्माणमा समावेश गर्नुपर्ने आवश्यकतामा जोड दिँदै प्राप्त सुझाव–पत्रलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित निकायसँग समन्वय गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस किसिमका पहलहरूले बालमैत्री समाज निर्माणतर्फ सकारात्मक सन्देश दिने विश्वास गरिएको छ। बालबालिकाको प्रत्यक्ष सहभागितामा तयार गरिएको सुझाव–पत्रले उनीहरूको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउने महत्वपूर्ण माध्यमका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

बालअधिकारको संरक्षण, प्रवर्द्धन र सुनिश्चितताका लागि सरकार, नागरिक समाज, गैरसरकारी संस्था तथा स्वयं बालबालिकाबीच सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१