Siraha Times
ताजा समाचार

सुखिपुर नगरपालिकामा "जीवन का लागि पाेषण (N4L) कार्यक्रम" काे शुभारम्भ ।

  • चैत २७, २०८२
  • ६११ पटक पढिएको
  • सन्जय
alt

दलित विकास मञ्च (DDF) गाेलबजार सिरहाकाे अायाेजनामा Helen Keller international काे अार्थिक सहयोग र सुखिपुर नगरपालिका काे समन्वयमा "जिवनका लागि पाेषण " कार्यक्रम पालिका स्तरीय परिचयात्मक कार्यक्रम सुखिपुर नगरपालिकाकाे नगरप्रमुख रामअवतार यादब ज्यूकाे प्रमुख अातिथ्यमा सम्पन्न भएको छ । 
 कार्यक्रममा दलित विकास मञ्च (DDF) सिरहाका कार्यकारि निर्देशक संजय महरा ले संस्थाकाे परिचय र कार्यक्रमकाे उद्वेश्य बारे प्रकाश पारेको थियाे ।कार्यक्रममा सुखिपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र प्रसाद चाैधरि काे सफलताको शुभकामना व्यत्त समेत गरेकेा छन । 
पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा सुखिपुर न.पा.स्वास्थ्य शाखाका प्रमुख चन्देश्वर प्रसाद यादब.ज्यूले स्वागत मनतब्य राखेको थियाे । नगरपालिका मा पाेषणकाे अवस्था सम्बन्धि अन्देश्वर मण्डल ज्यूले  प्रस्तुतिकरण गरेकेा थियो ।  हेलेन केलरका कार्यक्रममा अमितराज  साह ज्यूले कार्यक्रम बारे विस्तृतरूपमा प्रस्तुत गरेकाे थियाे ।
कार्यक्रममा पालिका स्तरीय परिचयात्क कार्यक्रममा विभिन्न शाखाका प्रमुख ज्यूहरूकाे पनि सहभागिता रहेकेा थियाे । सुखिपुर नगरपालिका १ देखि १० वडा सम्म  वडाका अध्यक्षहरूकाे समेत सहभागीता रहेकेा थियाे । कार्यक्रममा विभिन्न संचार कर्मिहरूकाे समेत सहभागीता रहेकेा थियो ।सुखिपुर नगरपालिकामा जीवनका लागि पाेषण कार्यक्रमले गर्भवती महिला , सुत्केरी महिला र बालबालिकाकाे  कुपोषण अवस्थामा पत्ता लगाई उनिहरूकाे स्वास्थ्यमा सुधार ल्याउने विश्वास रहेकेा छ। दलित विकास मञ्च सिरहाका कार्यकारी निर्देशक संजय महराले जिवनका लागि पाेषण कार्यक्रम सिरहा जिल्लाकाे १७ वटै पालिकामा कार्यक्रम संचालन रहेकेा बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१