Siraha Times
ताजा समाचार

स्कोर्पियो टर्निङ गर्दा तीन सवारी आपसमा ठोक्किए, ढुङ्गामुढाबाट सहचालक घाइते

  • चैत २६, २०८२
  • ३६३ पटक पढिएको
  • रहमुल
alt

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स्कोर्पियो बीच टर्निङका क्रममा ठोक्किँदा तीन सवारी साधन दुर्घटनामा परेका छन्। दुर्घटना आज दिउँसो करिब १:१० बजे सप्तरीको कुसहा पुल नजिकै पश्चिमतर्फ भएको हो। प्राप्त जानकारीअनुसार जन्तीमा स्कोर्पियो मात्र रहेको थियो। सोही स्कोर्पियो टर्निङ गर्दा बससँग ठोक्किन पुगेको र त्यसपछि बसले बोदेबर्साइन बाट आउँदै गरेको मालसामान बोकेको पिकअपलाई ठक्कर दिएको थियो भने पिकअप ले सकारपियोलाई ठक्कर दिई ।

बस, स्कोर्पियो र पिकअप गरी तीनवटै सवारी साधन दुर्घटनामा परेका हुन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बसमाथि ढुङ्गामुढा प्रहार गरेका थिए। सो क्रममा लागेको ढुङ्गाको चोटबाट पिकअपका सहचालक घाइते भएका छन्। उनलाई उपचारका लागि लहान अस्पताल पठाइएको छ। घटना पछि सप्तरी प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१