रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स्कोर्पियो बीच टर्निङका क्रममा ठोक्किँदा तीन सवारी साधन दुर्घटनामा परेका छन्। दुर्घटना आज दिउँसो करिब १:१० बजे सप्तरीको कुसहा पुल नजिकै पश्चिमतर्फ भएको हो। प्राप्त जानकारीअनुसार जन्तीमा स्कोर्पियो मात्र रहेको थियो। सोही स्कोर्पियो टर्निङ गर्दा बससँग ठोक्किन पुगेको र त्यसपछि बसले बोदेबर्साइन बाट आउँदै गरेको मालसामान बोकेको पिकअपलाई ठक्कर दिएको थियो भने पिकअप ले सकारपियोलाई ठक्कर दिई ।
बस, स्कोर्पियो र पिकअप गरी तीनवटै सवारी साधन दुर्घटनामा परेका हुन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बसमाथि ढुङ्गामुढा प्रहार गरेका थिए। सो क्रममा लागेको ढुङ्गाको चोटबाट पिकअपका सहचालक घाइते भएका छन्। उनलाई उपचारका लागि लहान अस्पताल पठाइएको छ। घटना पछि सप्तरी प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस
लहान १५ मा ४० लाखको लागतमा निर्मित वडा कार्यालय भवन उद्घाटन, १० महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved