Siraha Times
ताजा समाचार

“Run for Health, Run for Life” नारासहित वीरगंजमा भव्य हेल्थ म्याराथन सम्पन्न

  • चैत २१, २०८२
  • २६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २१ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले “Run for Health, Run for Life” नारासहित आयोजना गरेको हेल्थ म्याराथन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम स्पोर्ट्स वीक २०८२ अन्तर्गत आयोजना गरिएको हो। स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित म्याराथनमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम बिहान ६:३० बजेबाट सुरु भई ७:०० बजे औपचारिक रूपमा फ्ल्याग अफ गरिएको थियो। कार्यक्रम नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल (एपीएफ) १३ गणका एसपी मोहन बहादुर क्षेत्रीको उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा वीरगञ्ज आर्मी ब्यारेक प्रमुख लोकेन्द्र कार्की, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख तथा पर्सा खेलकुद विकास समितिका रेफ्री विशेश्वर पटेलको सहभागिता रहेको थियो।

यसैगरी एडमिशन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी लगायत विभिन्न विभागका प्रतिनिधि, मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। म्याराथनलाई सुरक्षित र व्यवस्थित बनाउन राष्ट्रिय एथलेटिक्स प्रशिक्षक विशेष्वर पटेलद्वारा वार्मअप तथा सुरक्षा सम्बन्धी निर्देशन प्रदान गरिएको थियो। सहभागीहरूको सुरक्षालाई ध्यानमा राख्दै एस्कर्ट टोली, ट्राफिक समन्वय तथा चलायमान र स्ट्यान्डबाइ एम्बुलेन्सको प्रभावकारी व्यवस्था गरिएको थियो।

साथै, मार्गका विभिन्न स्थानमा सहायता केन्द्र स्थापना गरी प्राथमिक उपचार, पानी तथा आवश्यक सहयोग उपलब्ध गराइएको थियो। कार्यक्रमको समापन NMCTH (गोलम्बर नं. २ – बास्केटबल कोर्ट) मा भई पदक वितरण गरिएको थियो। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अनिल श्रेष्ठ प्रथम, स्यामसन श्रीस द्वितीय तथा सन्जु सिंह बस्नेत तृतीय भएका थिए। महिलातर्फ बिपना प्रथम, अलिशा खातिन द्वितीय र करुणा तृतीय भएका थिए।

त्यसैगरी फ्याकल्टीतर्फ डा. प्रशान्त ठाकुर प्रथम, डा. विशाल द्वितीय तथा डा. आदित्य राज तृतीय भएका थिए भने स्टाफतर्फ सगीर हुसैन प्रथम, सञ्जय द्वितीय र धनञ्जय मण्डल तृतीय भएका थिए। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा प्रदर्शन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१