Siraha Times
ताजा समाचार

लहानमा क्यान्सर सेवाको सुरुवात, विशेषज्ञ डा. धिरज गुप्ताद्वारा नियमित उपचार सेवा

  • चैत १६, २०८२
  • ६३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान चैत १६। सिरहाको लहानस्थित राम कुमार सारडा उमा प्रसाद मुरारका अस्पतालमा अब क्यान्सर रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन हुने भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताको पहलमा यस अस्पतालबाट नियमित रुपमा क्यान्सर उपचार सेवा प्रदान गरिने भएको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहता का अनुसार, डा. गुप्ता हाल बिराटनगरस्थित बिराट टिचिङ अस्पताल मा कार्यरत छन् भने यसअघि भारतको प्रतिष्ठित एम्स अस्पताल मा समेत सेवा दिइसकेका अनुभवी चिकित्सक हुन्। उनको विशेषज्ञता र अनुभवलाई ध्यानमा राख्दै लहानमै क्यान्सर उपचार सेवा विस्तार गरिएको हो।

अस्पताल र डा. गुप्ताबीच भएको सहमतिअनुसार, प्रत्येक महिनाको दोस्रो हप्ताको सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म क्यान्सरसम्बन्धी परामर्श तथा उपचार सेवा उपलब्ध हुनेछ। विशेष गरी, सेवा अत्यन्तै सस्तो दरमा उपलब्ध गराइने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ, जसले स्थानीय बिरामीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

अस्पतालका मेसु रञ्जित झा को समन्वयमा सुरु गरिएको यस सेवाले सिरहा तथा आसपासका जिल्लाका क्यान्सर बिरामीलाई राजधानी वा भारत जानुपर्ने बाध्यता घटाउने विश्वास गरिएको छ। अध्यक्ष मेहताले आफू अध्यक्ष भएर आएपछि अस्पतालमा देखिएका विभिन्न वेथिति सुधारतर्फ व्यवस्थापन समिति एकजुट भएर लागिरहेको बताए। “हामीले अस्पतालको समग्र व्यवस्थापन सुधार गर्दै सेवा विस्तारलाई प्राथमिकता दिएका छौं। जग्गा नामाकरणपछि संरचनात्मक र सेवागत सुधारमा तीव्रता आएको छ,” उनले भने।

उनका अनुसार, हाल अस्पतालमा बिरामीको चाप दिनानुदिन बढिरहेको छ, जसले सेवाको गुणस्तरप्रति जनविश्वास बढ्दै गएको संकेत गर्दछ। “हाम्रो लक्ष्य यही अस्पतालबाट स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउनु हो,” मेहताले थपे।

अस्पतालले पहिले नै आँखा, कान, दाँत तथा घाँटीसम्बन्धी सेवाहरू विस्तार गरिसकेको छ। अब क्यान्सर उपचार सेवा थपिएसँगै अस्पताललाई बहु-विशेषज्ञ सेवा केन्द्रको रुपमा विकास गर्ने योजना अघि बढाइएको छ। स्थानीयस्तरमै क्यान्सर जस्तो जटिल रोगको उपचार सेवा उपलब्ध हुँदा आर्थिक रूपमा कमजोर बिरामीलाई विशेष लाभ पुग्ने विश्वास गरिएको छ। विशेषज्ञ सेवा सहज र सुलभ हुँदा प्रारम्भिक चरणमै रोग पहिचान र उपचार सम्भव हुने चिकित्सकहरू बताउँछन्।

यस पहललाई लहान क्षेत्रको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्ने तयारी समेत अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१