Siraha Times
ताजा समाचार

लहान नगरपालिकाका कर्मचारीद्वारा तलब भुक्तानीको माग गर्दै बुझाए ज्ञापनपत्र

  • चैत १२, २०८२
  • ६५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, चैत १२ । लहान नगरपालिकामा कार्यरत कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको भन्दै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका छन्। श्री ईलाका प्रशासन कार्यालय लहान, सिरहा मार्फत जिल्ला प्रशासन कार्यालय सिरहा तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंलाई सम्बोधन गर्दै कर्मचारीहरूले तत्काल तलब भुक्तानीको व्यवस्था गर्न माग गरेका हुन्।

ज्ञापनपत्रमा उल्लेख गरिए अनुसार लहान नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय तथा मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको आर्थिक अवस्था मध्यम वर्गीय रहेको छ। उनीहरू आफ्नो परिवारको मुख्य जिम्मेवार सदस्यको रूपमा कार्यालयमा काम गरेवापत पाउने पारिश्रमिकमै आश्रित छन्। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनात्मक आदेशका कारण नगरपालिकाका सम्पूर्ण खाताहरू रोक्का हुँदा विगत २०८२ साल माघ महिनादेखि कर्मचारीहरूले तलब पारिश्रमिक पाउन सकेका छैनन्।

तलब नपाउँदा कर्मचारीहरूको दैनिक जीवनयापनमा गम्भीर असर परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। हालै सम्पन्न होली पर्व र चैती छठ जस्ता महत्वपूर्ण चाडपर्वहरू समेत कर्मचारीहरूले बजारबाट उधारो लिएर मनाउनु परेको जनाइएको छ। यसैगरी, आउँदै गरेको नयाँ वर्ष २०८३ तथा त्यसको भोलिपल्ट मनाइने तराई क्षेत्रको महत्वपूर्ण सिरुवा पर्व नजिकिँदै गर्दा पनि कर्मचारीहरू आर्थिक अभावका कारण थप समस्यामा परेको उल्लेख गरिएको छ।

कर्मचारीहरूले तलब नपाउँदा घरपरिवारको खर्च व्यवस्थापन गर्न कठिन भएको, बालबालिकाको शिक्षादेखि दैनिक उपभोग्य वस्तु खरिदसम्म समस्या भएको गुनासो गरेका छन्। यस्तो अवस्थाले कर्मचारीहरूको मनोबलमा समेत नकारात्मक असर परेको र कार्यसम्पादनमा प्रभाव पर्ने खतरा बढेको उनीहरूको भनाइ छ।

ज्ञापनपत्रमार्फत कर्मचारीहरूले सम्बन्धित निकायसँग तत्काल समस्या समाधान गरी रोक्का रहेका खाताहरू फुकुवा गर्न र बाँकी रहेको तलब पारिश्रमिक यथाशीघ्र भुक्तानी गर्न आग्रह गरेका छन्। साथै, यदि माग सम्बोधन नभएमा आफूहरू गम्भीर समीक्षा गर्न तथा अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी समेत दिएका छन्।

कर्मचारीहरूले यस समस्याबाट उत्पन्न हुने कुनै पनि असहज परिस्थिति वा असुविधाको जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने स्पष्ट पार्दै शीघ्र समाधानको अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१