हात्ती दहमा ‘वनस्टे’ सञ्चालन: लहान–१५ मा पर्यटन प्रवर्द्धनको नयाँ पहल

  • चैत ५, २०८२
  • १०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान चैत ५।  सिरहाको लहान नगरपालिका-१५ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र हात्ती दह परिसरमा ‘हात्तीदह वनस्टे’ सञ्चालनमा आएको छ। होमस्टे जस्तै अवधारणामा आधारित यो वनस्टेले स्थानीय पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

कोइरालो खोला नमूना वन उपभोक्ता समूहले हात्ती दह सिमसार क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आएको छ। यसैक्रममा पाहुना बसोबासका लागि वनस्टे निर्माण गरिएको हो। निर्माण कार्यमा जर्सी ओभरसिज एडको आर्थिक सहयोग, केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन), राष्ट्रिय कृषक समूह महासंघको साझेदारी तथा लहान नगरपालिकाको समन्वयमा सञ्चालित संरक्षण परियोजनाले महत्वपूर्ण सहयोग गरेको छ।

वनस्टेको पहिलो चरणमा दुई कोठाको पाहुना घरबाट सेवा सुरु गरिएको छ। सामुदायिक वनभित्र रहेको हात्ती दह क्षेत्रमा तालिम हल, पिकनिक स्थल, बोटिङ सुविधा, बालबालिकाका लागि मनोरञ्जन पार्क, चिडियाखाना तथा आकर्षक सेल्फी पोइन्टहरू निर्माण गरिएका छन्।

वनस्टे निर्माणका लागि परियोजनाबाट ८ लाख ६ हजार ८८ रुपैयाँ तथा उपभोक्ता समूहबाट ३ लाख ६७ हजार २९५ रुपैयाँ गरी कुल ११ लाख ७३ हजार ९८३ रुपैयाँ खर्च गरिएको जनाइएको छ। सामुदायिक वनलाई पर्यटकीय स्थलका रूपमा विकास गरिएपछि स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुगेको छ। हालसम्म १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

वनस्टे उद्घाटन गर्दै महेश प्रसाद चौधरी ले नगरपालिकाबाट थप २० लाख रुपैयाँ बजेट विनियोजन गरी २/२ कोठाका थप दुई वटा घर निर्माण गरिने जानकारी दिए। वडाध्यक्ष तेजनारायण चौधरी का अनुसार यहाँ आउने पाहुनाहरूलाई थारू समुदायको सांस्कृतिक झलक देखाउने तथा परम्परागत थारू खानाका परिकारहरू उपलब्ध गराउने योजना रहेको छ। हाल वनस्टेमा प्रतिव्यक्ति ८०० रुपैयाँ शुल्क तोकिएको छ, जसमा खान र बस्नको व्यवस्था समावेश गरिएको छ।

उपभोक्ता समूहका अध्यक्ष रुद्र नारायण चौधरी का अनुसार हाल दैनिक २ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन्। लहान बजारदेखि करिब ५ किलोमिटर उत्तरमा अवस्थित हात्ती दह क्षेत्र पछिल्लो समय पर्यटकहरूको आकर्षक गन्तव्य बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा नहर बाटो कालो ...

रहमुल, लहान ५ चैत्र । सिरहाको लहान नगरपालिका ६ र ७ मा पर्ने राधाकृष्ण मन्दिरदेखि पुरानो विद्युत कार् ...

जलवायु उत्थानशील कृष ...

लहान , चैत ०४ । “सशक्त, समृद्धी र सम्मानित किसानः सबल महासंघ” भन्ने मूल नाराका साथ कृषक ...

कल्याणपुर न.पा.स्तरि ...

संजय महरा सिरहा चैत ३  । दलित विकास मञ्च सिरहाको आयाजोनामा कल्याणपुर नगरपालिकाको समन्वय र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१