Siraha Times
ताजा समाचार

सुरुङा न.पा.मा नवनिर्मित भवन उद्दघाटन

  • फागुन ४, २०८२
  • ५२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान फाल्गुण ४। सुरुङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कुशहामा नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोह आज सम्पन्न भएको छ। “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खानेपानी : सुशासित, सुन्दर, समृद्ध सुरुङ्गा बनाउछौं हामी” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख गीता चौधरीले गर्नुभएको थियो। विशिष्ट अतिथिमा उप–प्रमुख रुद्र बहादुर कार्की तथा बिन्दा कुमारी पासमान रहनुभएको थियो। साथै वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो। समारोहमा स्वागत मन्तव्य वडा अध्यक्ष दिलाराम चौधरीले राख्दै नगरको दीगो विकासका लागि प्रशासकीय भवन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले सबैको साथ, सहयोग र प्रतिबद्धताले मात्रै समृद्ध सुरुङ्गा निर्माण सम्भव हुने बताउनुभयो। प्रशासकीय भवन निर्माणका लागि विभिन्न व्यक्तित्वहरूले उदारतापूर्वक जग्गा उपलब्ध गराउनुभएको छ। महेश चौधरी — १८.५ धुर काली कुमारी चौधरी — २ कठ्ठा हरिकान्त चौधरी — ५ कठ्ठा हरिहर चौधरी — ३ कठ्ठा यसैगरी बाटोसहित २८ कठ्ठा जग्गा उपलब्ध गराई अमूल्य सहयोग गर्ने श्री महेश चौधरी, स्वर्गीय श्री कन्तलाल, श्री काली कुमारी चौधरी, श्री हरिहर देवी चौधरी र श्री जितनी कुमारी चौधरीप्रति नगरपालिकाले विशेष धन्यवाद व्यक्त गरेको छ।

समारोहमा वक्ताहरूले नयाँ प्रशासकीय भवनले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गरे। भवन सञ्चालनमा आएसँगै प्रशासनिक कार्यहरू एकै स्थानबाट सुचारु हुने, सेवाग्राहीलाई सहजता पुग्ने तथा सुशासन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

अन्त्यमा नगर प्रमुखले सुरुङ्गा नगरपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खानेपानी क्षेत्रमा आत्मनिर्भर र समृद्ध बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै सबै सरोकारवालालाई सहकार्यका लागि आह्वान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१