Siraha Times
ताजा समाचार

नवराजपुरमा विशेष धार्मिक अनुष्ठानसहित शिवलिङ्ग स्थापना सम्पन्न

  • फागुन ३, २०८२
  • ७७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान फाल्गुन ०३ । सिराहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं. १ तामासुईयास्थित शिव मन्दिरमा आज एक विशेष आध्यात्मिक अनुष्ठानका बीच पवित्र शिवलिङ्ग स्थापना तथा प्राण–प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ। धार्मिक विधि–विधान, वैदिक मन्त्रोच्चारण र भक्तिभावपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमले सम्पूर्ण क्षेत्रलाई आध्यात्मिक ऊर्जा प्रदान गरेको स्थानीयवासीले बताएका छन्।

May be an image of one or more people and temple

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शिव उदगार यादव तथा वडा नं. १ का अध्यक्ष नविन कुमार यादवको गरिमामय उपस्थिति रहेको थियो। साथै स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।

May be an image of temple

बिहानैदेखि सुरु भएको धार्मिक अनुष्ठान वैदिक मन्त्र उच्चारण, हवन, पूजा–अर्चना तथा भजनकीर्तनसहित सम्पन्न भएको थियो। तामासुईया क्षेत्र दिनभरि भक्तिमय वातावरणले गुञ्जायमान बनेको थियो। स्थानीय बासीहरूले ब्याण्डबाजा र कलश यात्रासहित गाउँ परिक्रमा गरी मन्दिर परिसरमा शिवलिङ्ग स्थापना गरेका थिए।

May be an image of temple

भक्तजनहरूले फूल, अक्षता र पवित्र जल अर्पण गर्दै भगवान शिवको आराधना गरेका थिए। प्राण–प्रतिष्ठा पश्चात् सामूहिक आरती र प्रसाद वितरण कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शिव उदगार यादवले धर्म र संस्कृतिले समाजलाई अनुशासित र एकजुट बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “मन्दिर र आध्यात्मिक केन्द्रहरूले मानिसलाई शान्ति र सत्कर्मको मार्ग देखाउँछन्। यस शिवलिङ्ग स्थापनाले यस क्षेत्रमा सुख, शान्ति र समृद्धि छाउने मेरो विश्वास छ।”

May be an image of temple

वडा अध्यक्ष नविन कुमार यादवले समेत धार्मिक आस्थाको संरक्षण र विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयवासीहरूले शिवलिङ्ग स्थापना कार्यक्रमलाई ऐतिहासिक तथा गौरवपूर्ण अवसरका रूपमा लिँदै आगामी दिनमा मन्दिरलाई आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१