शाहले समाजिक रुपान्तरणका नीति निर्माणसंगै बिकास पनि गरेकाे बताए 

  • फागुन १, २०८२
  • २५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , फल्गुन १  । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप शाहले समाजिक रुपान्तरणका नीति निर्माणसंगै बिकास पनि गरेकाे बताउनुभयो । संविधान निर्माण र संघीयता कार्यन्वयनपछि राज्य र हाम्राे क्षेत्रमा समेत पुल पुलेसाे , सडक , स्वास्थ्य चाैकी लगायत आधारभुत सेवा प्रवाहमा संतोषजनक प्रगति भएकाे छ ।

संविधानसभा निर्वाचनका बेला स्थानीय तह जनप्रतिनिधि विहिन थियाे र त्याेबेला संविधानसभा सदस्यले पाउने बिकास रकम धेरै नै कम थियाे त्यही कारण सबै क्षेत्र समेट्न सक्ने आवस्था थिएन । तर स्थानीय निर्वाचनपछि पचिसौं बर्षदेखि कर्मचारीकाे हातमा रहेकाे बिकास याेजना जनप्रतिनिधिहरुले चलायमान बनाए । संसदीय बजेट पनि बढेपछि झन बिकास निर्माणका कार्य भएका हुन । तर पनि जनताकाे भावना अनुरुप बिकास हुन सकेकाे छैन । जसकाे मुख्य कारण देशमा राजनीतिक अस्थिरता ।

केन्द्रमा सरकार जुनपनि दलकाे भएपनि एकल दलकाे बहुमत थिएन र बिकासका याेजना एउटाले हाल्ने अर्काेले काट्ने चलन बढी भयाे । संसदकाे रुपमा मैले क्षेत्रमा पहल गरि धेरै याेजनाहरु सम्पन्न गराएकाे नेता शाहले बताउनुभयो । उनले आफ्नाे क्षेत्रकाे बिकासमा आफुले सकेकाे सम्भव याेजना सम्पन्न गराएकाे बताउनुभएको छ । नेता शाहले संविधान निर्माणपछि जम्मा एक कार्यकाल प्रतिनिधि सभा सदस्य भई काम गरें तर काेराेना संक्रमणकालका बेला देशभरि नै बजेटमा कमी भएकाे थियाे ।

तरपनि आफ्नाे क्षेत्र र समुदायस्तरमा बिकासका केही प्रयास गरेकाे बताउनुभएकाे छ। नेता शाहका अनुसार उनले निम्न बिकासका याेजना सम्पन्न गराएका छन – कृष्णनगर-चन्द्राैटा फाेर लेन भारतीय दुतावाससंगकाे पहलमा २० किमी सडक निर्माण भएकाे छ । बहादुरगंज- ताैलिहवाकाे बाणगंगा पुल अभिषेक प्रताप शाह र बृजेश कुमार गुप्ताकाे संयुक्त पहलमा डबल लेन भएकाे हाे । बहादुरगंज- ताैलिहवासम्मकाे हुलाकीका लागि पटक पटक भारत सरकारलाई ध्यानाकर्षण गराई निर्माण सम्पन्न गराएका छन । RTO सडक कृष्णनगरदेखि गणेशपुरसम्म निर्माण गरेका छन ।

कृष्णनगरकाे ठकुरापुर जाने पुल अभिषेक प्रताप शाहकाे पहलमा निर्माण भएकाे हाे । कृष्णनगरदेखि झुलनिया चाैराहासम्म कालाेपत्रे सडकका लागि २८ कराेड बजेट विनियोजन गराएका हुन । २.८ कराेडकाे लागतमा पत्थरदेइया स्वास्थ चाैकी भारतीय दुतावासबाट दिलाएका हुन । चरंगहवा नदीमा पक्की पुल निर्माणका लागि बजेट बिनियाेजन गराई सम्पन्न गराएका हुन । शिवराज अस्पताल बहादुरगंजमा अप्रेसन थेटर भवन , पटक पटककाे एम्बुलेन्स हस्तान्तरण अभिषेक प्रताप शाहकाे पहलमा भएकाे हाे । छन्द कालेबाबु आँखा अस्पतालमा भवन निर्माणका लागि ५० लाख विनियोजन गरेर निर्माण सम्पन्न गराएका छन । सरुवाराेग अस्पताल चन्द्राैटाका लागि भेन्टिलेटर सहितकाे एम्बुलेन्स अभिषेक प्रताप शाहले हस्तान्तरण गरेका हुन ।

ताैलिहवापछि दाेस्राे दमकल कृष्णनगर नगरपालिकामा अभिषेक प्रताप शाहले हस्तान्तरण गरेका हुन । भारतीय दुतावासकाे सहयाेगमा शिवपुर , लक्ष्मणपुर र गुगाैलीकाे विद्यालयमा स्कुल बस हस्तान्तरण गरेका छन । दर्जनौं गाउंमा सिचाईका लागि डिप ट्युबवेल अभिषेक प्रताप शाहकाे बजेटमा जडान भएका छन ।

काेराेनाका बेला बन्द भएकाे कृष्णनगर भन्सारकाे मुख्य नाका र यात्रु नाकासमेत खुलाएका हुन । काेराेनाका बेला केही व्यापारीसंग समन्वयमा भन्सार नजिकै हाेल्डिङ्ग सेन्टर निर्माण गर्न आफ्नाे जग्गासमेत हस्तान्तरण गरेका छन । महेन्द्र पार्ककाे जीर्णाेधार विभिन्न निकायसंग पहल गरि अहिले निर्माणाधीन अवस्थामा छ । आफ्नाे क्षेत्रका सैयाैं बच्चालाई भारतीय दुतावाससंगकाे समन्वयमा छात्रवृत्ति दिलाएका छन ।

बहादुरगंज , सैयाैं दलित र उपेक्षित परिवारका लागि गरिब आवास निर्माण गराएका छन । यी विशेष याेजना थिए तर २०७९ काे निर्वाचनमा हारपछि ३ बर्ष निरन्तर जनताकाे बीच रही सुख दुख बुझेकाे बताउनुभयाे । ठुला याेजना तथा विभित्र सा-साना याेजनाहरु पनि छन । विभित्र निकायमा पहलपनि गर्दै आएकाे शाहकाे भनाई छ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१