Siraha Times
ताजा समाचार

घरदैलो अभियानमा सत्य नारायण यादव: “जनताको भरोसा नै मेरो बल”

  • माघ २८, २०८२
  • ६०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २८ माघ । सिरहा निर्वाचन क्षेत्र नं. १ का जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवले चुनाव लक्षित घरदैलो अभियानलाई तीव्रता दिएका छन्। अभियान अन्तर्गत उहाँले विभिन्न टोल–बस्ती पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, सुझाव र अपेक्षा सुन्ने कार्यलाई प्राथमिकतामा राख्नुभएको छ।

घरदैलोका क्रममा स्थानीय बासिन्दासँग खुला संवाद गर्दै यादवले जनताको हँसिलो अनुहार र सकारात्मक प्रतिक्रियाले आफूलाई थप ऊर्जा मिलेको बताउनुभयो। उहाँले भेटघाटका क्रममा उठेका स्थानीय समस्या, विकासका आवश्यकता र जनचासोका विषयहरू टिपोट गर्दै समाधानका लागि स्पष्ट योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उम्मेदवार यादवले नेता चुनावको बेला मात्र होइन, सधैं जनताका बीचमा उपलब्ध हुनुपर्ने धारणा राख्दै वर्षौँदेखि जनतासँगै रहेर काम गर्ने नेतृत्वको आवश्यकता औँल्याउनुभयो। “राजनीति वाचामा होइन, काममा देखिनुपर्छ। जनताको विश्वास जित्ने एक मात्र आधार निरन्तर सेवा र उत्तरदायित्व हो,” उहाँले भन्नुभयो।

अभियानका क्रममा शिक्षा, स्वास्थ्य, सडक, रोजगारी, कृषि र स्थानीय पूर्वाधार विकासका विषयमा मतदाताले चासो व्यक्त गरेका थिए। यादवले यी सबै विषयलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको उल्लेख गर्दै जितपछि योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो।

स्थानीय मतदाताले पनि घरदैलो अभियानलाई सकारात्मक रूपमा लिँदै प्रत्यक्ष भेटघाटले उम्मेदवारलाई नजिकबाट बुझ्ने अवसर मिलेको बताएका छन्। धेरैले विकासमुखी, पहुँचयोग्य र जनउत्तरदायी नेतृत्व चाहिएको प्रतिक्रिया दिएका छन्।

यादवले अन्त्यमा घरदैलो अभियानमा प्राप्त साथ, सुझाव र शुभेच्छाका लागि सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्दै परिवर्तन सम्भव रहेको विश्वास व्यक्त गर्नुभयो। उहाँले सबैलाई साथ लिएर अगाडि बढ्ने र जनअपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

जसपा नेपालका तर्फबाट छाता चुनाव चिन्ह लिएर उम्मेदवारी दिनुभएका यादवले यसपटक जनमत आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्नुभएको छ। अभियान अझै तीव्र रूपमा जारी रहने उहाँको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Water Aid UK टोलीद्व ...

रहमुल, लहान १२ जेठ । लहान नगरपालिकामा सञ्चालन भइरहेको खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रमहरूको स्थ ...

१८ वर्षदेखि अलपत्र म ...

विनोद अविरल, जेठ ११ ​ । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा निर्माण सुरु गरिएको खा ...

बरियारपट्टी छोटी भन् ...

ओम प्रकाश यादव लहान, जेठ ११ । सिरहाको बरियारपट्टी छोटी भन्सार कार्यालय कायम राख्न माग गर्दै स्थानीयव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१