Siraha Times
ताजा समाचार

मधेसका मुद्दा अब आफ्नै व्यक्तिगत जिम्मामा लिने स्पष्ट प्रतिबद्धता गगन थापा

  • माघ २८, २०८२
  • ६७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, माघ २८ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले मधेसका मुद्दा अब आफ्नै व्यक्तिगत जिम्मामा लिने स्पष्ट प्रतिबद्धता जनाउँदै कांग्रेस नेतृत्व मधेसप्रति गम्भीर र उत्तरदायी रहेको सशक्त सन्देश दिएका छन्।

सिरहाको लहानमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम लाई सम्बोधन गर्दै सभापति थापाले मधेस र मधेसवासीलाई अब निराश हुन नदिने दृढ अठोट व्यक्त गरे। कार्यक्रम सिरहा निर्वाचन क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार राम सुन्दर चौधरी तथा सिरहा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रामचन्द्र यादव (नेपाली कांग्रेस सिरहाका जिल्ला सभापति) को समर्थनमा आयोजना गरिएको हो।

सभापति थापाको उपस्थितिले चुनावी माहोल थप उत्साहित बनेको छ भने स्थानीय नेता–कार्यकर्तामा नयाँ ऊर्जा थपिएको देखिएको छ। सभापति थापाले युवाहरूको नयाँ सोच र नयाँ तरिकाबाट संविधान र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै अघि बढ्ने बताए। उनले साना तथा मझौला समस्या समाधानलाई प्राथमिकतामा राख्दै किसानका वास्तविक समस्या बुझ्ने र आधुनिक कृषि प्रणाली विकासमा मधेसलाई केन्द्रमा राखेर काम गर्ने स्पष्ट पारे।

नेपाली कांग्रेस सरकारमा आएपछि भ्रष्टाचारविरुद्ध महासंग्राम सुरु गरिने घोषणा गर्दै थापाले पार्टीको घोषणापत्र नभई ‘संकल्प पत्र’ तयार गरिने बताए। “हामी घोषणा होइन, संकल्प गर्छौं। गरेका हरेक संकल्प पूरा गर्छौं,” सभापति थापाले भने। सभापति थापाले चुनावका बेला जस्तै जितेपछि पनि निरन्तर खटिने प्रतिबद्धता जनाउँदै हरेक महिना स्पष्ट योजना बनाएर काम गर्ने, कसैलाई अन्याय हुन नदिने र गलत मान्छेलाई कुनै हालतमा प्रश्रय नदिने स्पष्ट धारणा राखे।

देशको दिगो विकासका लागि आफूले विगत सात वर्षदेखि योजनाबद्ध रूपमा गृहकार्य गर्दै आएको उल्लेख गर्दै उनले हुलाकी सडकअन्तर्गत दर्जनौं पुल अलपत्र पर्नु र राजमार्गमा धुलो–धुवाँ बढ्नुमा ठेक्केदारको कमजोरी प्रमुख कारण रहेको बताए। “कम समयमा गुणस्तरीय काम गर्ने ठेक्केदारलाई उचित मूल्य तिरेर विकास व्यवस्थापन गरिन्छ,” उनले जोड दिए।

कार्यक्रममा बोल्ने कांग्रेस नेताहरूले राम सुन्दर चौधरी र रामचन्द्र यादव मधेसको आवाज, विकास र सुशासनका भरोसायोग्य उम्मेदवार भएको उल्लेख गर्दै दुवैलाई विजयी गराउन नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्न आग्रह गरे। लहानमा सम्पन्न यो कार्यक्रमले सिरहा निर्वाचन क्षेत्र नं. १ र २ मा नेपाली कांग्रेसको संगठन झनै मजबुत हुँदै गएको संकेत दिएको विश्लेषण गरिएको छ।कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१