Siraha Times
ताजा समाचार

लक्ष्मीपुर पतारीमा जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरी घरदैलो अभियानमा सक्रिय

  • माघ २७, २०८२
  • ६३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , २७ माघ । सिरहा क्षेत्र नं. १ का जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरी यतिबेला लक्ष्मीपुर पतारी क्षेत्रमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा व्यस्त रहेका छन्। चुनाव लक्षित अभियान अन्तर्गत चौधरी आफ्ना नेताकार्यकर्ता तथा समर्थकसहित गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।

घरदैलो अभियानका क्रममा उनले स्थानीय बासिन्दाका समस्या, सुझाव र अपेक्षाहरू सुन्दै जनमत पार्टीका नीति, योजना तथा विकासका प्रतिबद्धताबारे जानकारी गराएका थिए। उनले जनताको विश्वास र साथ नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै सामाजिक न्याय, सुशासन र क्षेत्रीय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी नेताहरूले यसपटक जनमत पार्टीलाई मजबुत समर्थन गर्न आग्रह गर्दै परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए। स्थानीय कार्यकर्ताहरूको उल्लेख्य सहभागिताले अभियान थप उत्साहजनक बनेको जनाइएको छ। जनमत पार्टीले क्षेत्रभरि यस्तै घरदैलो तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१