रहमुल, सप्तरी २६ माघ । सप्तरीको बलान विहुल गाउँपालिकामा नेपाली कांग्रेसका समर्थक तथा कार्यकर्ताहरूले घरदैलो, भेटघाट तथा नारासहित चुनावी अभियानलाई सशक्त बनाएका छन्। गाउँपालिकाका विभिन्न बस्ती तथा चोक–चौकमा आयोजित कार्यक्रममा कांग्रेसका नेता–कार्यकर्ताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै रुख चिन्हमा मतदान गर्न अपिल गरेका छन्।
अभियानका क्रममा “रुख चिन्हमा मतदान गरौँ, सप्तरी–४ बाट तेजुलाल चौधरीलाई विजयी बनाऔँ” भन्ने नाराले वातावरण गुन्जिएको थियो। घरदैलो कार्यक्रमहरूमा उम्मेदवार तेजुलाल चौधरी स्वयं सहभागी भई मतदाताका समस्या, सुझाव र अपेक्षा सुन्दै देखिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले अधूरा विकास निर्माणका काम पूरा गर्न यो आफ्नो अन्तिम उम्मेदवारी भएको उल्लेख गरे।
उनले आफ्नो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नं. ४ भित्र सडक पूर्वाधार, कृषि, शिक्षा, खेलकुद र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याइएको दाबी गरे।चौधरीले क्षेत्रभर सुविधा सम्पन्न सडक सञ्जाल विस्तारअन्तर्गत उदयपुरको गाईघाट–कल्याणपुर हुँदै बनौला सडक, कुशहा–बेल्ही सडक खण्ड,कदमाहा–पटेर्बा चार लेन सडक निर्माणलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे।
त्यस्तै कभर्ड हल निर्माण, कृषि आधुनिकीकरण, लागुऔषध नियन्त्रणका लागि शिक्षा र सीप विकास, साथै खेलकुद प्रवर्द्धनका लागि रंगशाला निर्माणलाई आफ्नो प्राथमिक कार्यको रूपमा उल्लेख गरे। कांग्रेसका नेता–कार्यकर्ताहरूले तेजुलाल चौधरीलाई पुनः विजयी गराउन सके विकास र सुशासनका एजेन्डाले थप गति लिने दाबी गरेका छन्।
घरदैलो अभियानका क्रममा मतदाताबाट उत्साहजनक साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकहरूको भनाइ छ। स्थानीयवासीहरूले विकासमुखी, अनुभवी र जनउत्तरदायी नेतृत्वको आवश्यकता औंल्याउँदै कांग्रेसप्रति विश्वास व्यक्त गरेको जनाइएको छ। नेपाली कांग्रेसले आगामी दिनहरूमा बलान विहुल गाउँपालिकाका सबै वडामा पुगेर चुनावी अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Water Aid UK टोलीद्वारा लहानका खानेपानी तथा सरसफाइ कार्यक्रमको अनुगमन, नगर विकासमा सहकार्य प्रभावकारी
१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना
बरियारपट्टी छोटी भन्सार कायम राख्न माग गर्दै जिरोमाईलमा राजमार्ग अवरुद्ध, जनप्रतिनिधि र राजनीतिक दलको समर्थन
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic