Siraha Times
ताजा समाचार

भगवानपुर गाउँपालिकामा गुन्जियो कांग्रेसको नारा, रुख चिन्हमा मतदान गर्न अपिल

  • माघ २६, २०८२
  • ५४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान मघ २६ । सिरहाको भगवानपुर गाउँपालिकामा नेपाली कांग्रेस समर्थक तथा कार्यकर्ताहरूले चुनावी अभियानलाई तीव्र बनाउँदै नारासहितको प्रचार कार्यक्रम सञ्चालन गरेका छन्। गाउँपालिकाका विभिन्न बस्ती र चोक–चौकमा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा कांग्रेसको पक्षमा व्यापक समर्थन देखिएको आयोजकहरूले बताएका छन्।

कार्यक्रमका क्रममा सहभागीहरूले “रुख चिन्हमा मतदान गरौँ, सिरहा–१ मा राम सुन्दर चौधरीलाई विजयी बनाऔँ, जय नेपाल” भन्ने नारासहित वातावरण गुन्जाएका थिए। स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै कांग्रेसका नेता–कार्यकर्ताले विकास, सुशासन र जनअधिकारका एजेन्डालाई अगाडि सार्दै समर्थन मागेका थिए।

घरदैलो अभियानमा सहभागी नेताहरूले सिरहा–१ को समग्र विकास, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विस्तारका योजनाहरू प्रस्तुत गर्दै कांग्रेस उम्मेदवार राम सुन्दर चौधरीलाई विजयी गराउन आग्रह गरेका छन्। मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको दाबी गरिएको छ। कांग्रेसको टोलीले आगामी दिनमा पनि गाउँपालिकाका सबै वडामा पुगेर चुनावी अभियानलाई थप सशक्त बनाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१