Siraha Times
ताजा समाचार

ज्येष्ठको आशिर्वाद लिएर अघि बढ्ने संकल्प : सखुवानन्कारकट्टी–३ मा उम्मेदवार यादवको जनभेटघाट

  • माघ २४, २०८२
  • ५९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ २४ । सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवले ज्येष्ठ नागरिकहरूसँग भेटघाट तथा आशिर्वाद ग्रहण कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलो तथा जनसंवाद कार्यक्रम अन्तर्गत भेटघाटमा उम्मेदवार यादवले ज्येष्ठ नागरिकहरूको आशिर्वाद नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे।

कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक, बुद्धिजीवी तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै यादवले क्षेत्रको समग्र विकास, सुशासन, सामाजिक न्याय र जनअधिकारको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए। उम्मेदवार यादवले “ज्येष्ठको आशिर्वाद लिएर अघि बढ्ने संकल्प—यही आशिर्वाद नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो” भन्दै जनताको विश्वास र साथले परिवर्तन सम्भव हुने धारणा राखे।

जसपा नेपालका नेता तथा कार्यकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा छाता चुनाव चिन्हमा मतदान गरी विजयी गराउन स्थानीयवासीसँग आग्रह समेत गरिएको थियो। सहभागीहरूले पनि विकास र अधिकारका मुद्दामा आफूहरू सचेत रहेको र योग्य उम्मेदवारलाई साथ दिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१