Siraha Times
ताजा समाचार

सिरहा नपा–१७ मा जेष्ठ नागरिक देखि अवकाश प्राप्त कर्मचारीसम्मलाई सम्मान

  • माघ २३, २०८२
  • ६०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा माघ २३  । सिरहा नगरपालिका–१७ मा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अवकाशप्राप्त कर्मचारीलाई सम्मान गरिएको छ। सिरहा नगरपालिका वडा न.१७ को आयोजनामा एक कार्यक्रम बीच वडा भरीका समाज निर्माणमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई वडा अध्यक्ष उमेश प्रसाद यादवले उच्च कदर गर्दै वडा कार्यालय बाट सम्मान कार्यक्रम गरेका छन ।

कार्यक्रममा वडाभित्रका जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई डोसल्ला ओढाएर सम्मान गरेका छन । साथै लामो समयसम्म सार्वजनिक सेवामा योगदान पुर्‍याएका अवकाशप्राप्त कर्मचारीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

वडा प्रतिनिधिहरूले जेष्ठ नागरिक र सामाजिक रूपमा संवेदनशील समूहहरूको सम्मान गर्नु समाजको दायित्व भएको बताउँदै यस्ता कार्यक्रमले सामाजिक सद्भाव र सम्मानको संस्कारलाई थप बल पुग्ने सम्मानित व्यक्तिहरुले आफ्नो धारणा व्यक्त गरे। कार्यक्रममा जनप्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सम्मान कार्यक्रमले आफूहरूलाई थप हौसला र आत्मसम्मान बढाएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

राष्ट्रिय कृषक समूह ...

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१