११ औँ माघी मेला महोत्सव २०८२ भव्य रूपमा सम्पन्न

  • माघ १, २०८२
  • २६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद्देश्यले ११औँ माघी मेला महोत्सव–२०८२ सुरुङ्गा नगरपालिका–८ स्थित समसेरपुर (मुसहर्निया दह) मा भव्य रूपमा सम्पन्न भएको छ। माघी महोत्सव समिति–२०८२ को आयोजनामा तथा सुरुङ्गा नगरपालिकाको सहयोगमा सम्पन्न उक्त महोत्सवले स्थानीय समुदाय मात्र होइन, सम्पूर्ण क्षेत्रकै ध्यान तानेको छ।

Open photo

महोत्सव मुसहर्निया क्लबका अध्यक्ष आनन्द चौधरीको अध्यक्षता मा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगी लाल राय रहनुभएको थियो भने विशिष्ट अतिथिहरू मा सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी, उप–नगर प्रमुख रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, पूर्व नगर प्रमुख मुक्ति नाथ चौधरी, सामाजिक अगुवा चन्द्र भूषण चौधरी,नगर प्रवक्ता शिव दर्शन पासमान तथा विभिन्न वडाका वडा अध्यक्षहरू सहित अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Open photo NaN

माघी थारू समुदायको नयाँ वर्षका रूपमा मनाइने प्रमुख पर्व हो। यस अवसरमा आयोजना गरिएको मेला महोत्सवले थारू समुदायको मौलिक पहिचान, परम्परागत कला, भेषभूषा, लोकसंस्कृति र सामाजिक सद्भावलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो। माघीको अवसरमा थारू समुदायमा गरिने परम्परागत नाच–गान, खानपान र सामाजिक मेलमिलापले मेलालाई थप आकर्षक बनाएको थियो।

Open photo NaN

कार्यक्रमलाई सुमधुर र मनोरञ्जनात्मक बनाउन राष्ट्रिय कलाकार प्रमोद थारुको नेतृत्वमा आएको कलाकार टोली ले शानदार प्रस्तुति दिएको थियो। किबोर्ड मास्टर अग्नि विक्रम बी.क. , ढोलक मास्टर भोला नाथ बी.क. र प्याड मास्टर विद्यानन्द बी.क. को संगतले सांगीतिक प्रस्तुतिलाई थप ऊर्जावान बनाएको थियो। दर्शकहरू कलाकारहरूको प्रस्तुति हेर्दै झुम्मिएका देखिन्थे भने माघीको मौलिक धुनमा युवादेखि वृद्धसम्म रमाएको दृश्य देखिन्थ्यो।

महोत्सव सफल बनाउन सुरुङ्गा नगरपालिका वडा नं. ८ का युवाहरूको सक्रिय योगदान अत्यन्तै प्रशंसनीय रहेको आयोजकहरूले बताएका छन्। व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक कार्यक्रम सञ्चालनदेखि सुरक्षा व्यवस्थासम्म युवाहरूको भूमिका महत्वपूर्ण रहेको थियो। स्थानीय युवाहरूको यस सक्रियताले समुदायमा सकारात्मक ऊर्जा र नेतृत्व क्षमताको उदाहरण प्रस्तुत गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गीता चौधरीले माघी महोत्सव केवल सांस्कृतिक कार्यक्रम मात्र नभई सामाजिक एकता र स्थानीय विकासको आधार भएको बताउनुभयो। उहाँले मुसहर्निया दहमा आयोजना भएको यस कार्यक्रमलाई मूर्तरूप दिन वडा नं. ८ का युवाहरूले खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नुभयो। नगर प्रमुखको यस घोषणाले उपस्थित समुदायमा उत्साह थपेको थियो। साथै दहमा १ कठा जग्गा प्रदान गर्ने सुरुंगा नगरपालिका वडा नम्बर ५ कि सजनी देवी चौधरीलाइ सम्मान समेत गरेको थियो जसले उपस्थित सहभागीहरूमा उत्साह थपेको थियो।

प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगी लाल रायले माघी पर्व थारू समुदायको मात्र नभई सम्पूर्ण मधेशको साझा सांस्कृतिक सम्पदा भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता पर्व–महोत्सवले सामाजिक सद्भाव मजबुत बनाउने र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो। साथै, मुसहर्निया दहमा सौन्दर्यकारणका लागि प्रदेशबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्य वक्ताहरूले पनि माघी महोत्सवलाई निरन्तरता दिँदै अझ व्यवस्थित र राष्ट्रियस्तरमा चिनाउने आवश्यकता औंल्याएका थिए।

कार्यक्रमको सञ्चालन स्रोत व्यक्ति भोगेन्द्र प्रसाद यादव ले गर्नुभएको थियो। उहाँको सरल र प्रभावकारी सञ्चालनले कार्यक्रमलाई व्यवस्थित र आकर्षक बनाएको सहभागीहरूले बताएका छन्। विविध सांस्कृतिक प्रस्तुतिहरू, अतिथिहरूका प्रेरणादायी मन्तव्य र स्थानीय सहभागिताबीच महोत्सव उत्साहपूर्ण वातावरणमा समापन भयो। समग्रमा, ११औँ माघी मेला महोत्सव–२०८२ ले संस्कृति संरक्षण, सामाजिक एकता र स्थानीय विकासको सन्देश दिन सफल भएको छ। मुसहर्निया दहमा आयोजित यस महोत्सवले सुरुङ्गा नगरपालिका र सप्तरी जिल्लालाई सांस्कृतिक नक्सामा थप चिनाएको स्थानीयवासीहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

डाक्नेश्वरी नगरपालिक ...

उमेश कुमार साह: १ माघ  : पातो सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १५ औं गोल्डेन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१