Siraha Times
ताजा समाचार

डाक्नेश्वरी नगरपालिकाको बनौलामा १५ औं टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन

  • माघ १, २०८२
  • ९८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह: १ माघ  : पातो सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १५ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको प्रतियोगिताको आज बिहीबार एक कार्यक्रमको बीच उद्घाटन भएको छ।

डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख राम लखन मलाहको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको छ। खेलमैदानका लागि लगानी गर्ने भन्दै प्रमुख अतिथि मलाहले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ, स्थानीयको आशीर्वाद सहयोगको अपेक्षा गरेको छु , मेरो क्षेत्रमा युवा खेलाडीहरुको लागि प्रत्येक वडामा खेलमैदान र जग्गा उपलब्ध भए पछि स्टेडियम पनि तयार हुन्छ प्रमुख मलाहले बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिरा कुमारी यादवले खेलकुदको बिकास गर्न नगरपालिकाका अलिकति पनि पछि नपर्ने प्रत्तिबद्द्ता व्यक्त गरेका छन । स्थानीयबासीको सहयोग रहेमा नगरपालिकाको प्रत्येक वडामा खेलकुदको ब्यस्थित मैदान तयार गर्न आफू प्रतिबद्ध रहने यादवको भनाइ रहेको थियो ।

कार्यक्रमको बिशिस्ट अतिथि वडा नम्बर १० का वडा अध्यक्ष कुन्जीलाल चौधरी , यस वडाका वडा सदस्यहरु, पुर्व वडा अध्यक्ष युगेश्वर प्रसाद साह , जग्गा दाता परिवारका सदस्य सुर्य नारायण साह लगायतको स्थानीय बुद्धिजीवी , सल्लाहकार , स्थानीयबासी , प्रहरी/प्रशासन , पत्रकार लगायत हजारौं संख्यामा खेल प्रेमीको उपस्थितिरहेको थियो।

आजबाट सुरु भएको खेलमा मधेस प्रदेशका विभिन्न जिल्ला लगायत भारत बिहारको गरि जम्मा १६ वटा टिमको सहभागीता रहेको खेलकुदका समितिले बताए । १५ औं गोल्डेन क्रीकेट क्लब बनौलाका अध्यक्ष सुन्देश्वर प्रसाद साहको अध्यक्षतामा कार्यक्रम भएका थिए भने आज भएको उद्घाटन खेलमा जिल्लाको बोदे बर्साईन र बिहार जिल्लाको जयनगर बिचमा प्रतिस्पर्धा भएको थियो ।

गोल्डेन क्रीकेट क्लब बनौला सप्तरीको समितिगनको नामावली यसप्रकार रहेको छन अध्यक्ष सुन्देश्वर प्रसाद साह , उपाध्यक्ष – मो मुसा अन्सारी ,सचिब – महेन्द्र प्रसाद साह , कोषाध्यक्ष श्रवन चौधरी सदस्य – राजेन्द्र प्रसाद माझी , किसुन देव यादव , हरि माझी समितिका सल्लाहकार राजेश कुमार मिश्रा र सुशील चौधरी लगायत आजको कार्यक्रम संचालक यस क्लबका सल्लाहकार राजेश कुमार मिश्राले गरेको थियो । खेलमा बिहारको चलचित्र कलाकार राहुल भानु र स्थानीय हरिबलव माझीले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१