Siraha Times
ताजा समाचार

धनगढीमाईमा तेसर जिल्ला तिल्ला सङ्क्राइत (माघी) उत्सव आयोजना हुने

  • पुस ३०, २०८२
  • ५२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष ३० । थारू समुदायको मौलिकता, पौराणिक कला तथा संस्कृतिलाई उजागर गर्ने उद्देश्यले थारू सम्वत् २६४९ को अवसरमा तेसर जिल्ला तिल्ला सङ्क्राइत (माघी) उत्सव आयोजना हुने भएको छ। उक्त उत्सव माघ १ गते, बेरसपैत दिन, बिहान १०ः३० बजेदेखि धनगढीमाई नगरपालिका–३ स्थित राजदेवी मन्दिर प्राङ्गनमा आयोजना गरिनेछ।

कार्यक्रमको आयोजना थारू कल्याणकारिणी सभा धनगढीमाई नगर समिति, सिरहाले गरेको हो। उत्सव सफल बनाउन थारू कल्याणकारिणी सभा सिरहाको सहयोग तथा थारू सामुदायिक सेवा केन्द्र, सिरहा, थारू महिला सभा, सिरहा, थारू विद्यार्थी सभा, सिरहा र थारू कलाकार मञ्च, सिरहाको समन्वय रहेको छ। माघी उत्सवको अवसरमा थारू समुदायको ऐतिहासिक परम्परा, मौलिक नृत्य, गीत, भेषभूषा, खानपान तथा सांस्कृतिक पहिचान झल्किने विविध कार्यक्रमहरू प्रस्तुत गरिने आयोजक समितिका संयोजक शम्भु प्रसाद चौधरीले जानकारी दिए।

उनका अनुसार थारू समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको थारू सम्वत्को स्वागत गर्दै समुदायभित्र आपसी एकता, सद्भाव र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्य कार्यक्रमले बोकेको छ। कार्यक्रमको विशेष आकर्षणका रूपमा ५१ किलोको लडू, ५ किलोको बगिया, हलो, ढेकी, माछा मार्ने जाल, कोदालो, धिमैर लगायत थारू समुदायको जीवनशैली र परम्परा झल्काउने सामग्रीहरूको प्रदर्शन गरिने संयोजक शम्भु प्रसाद चौधरीले सिरहा टाइम्सलाई बताए।

उत्सवका मिडिया पार्टनरका रूपमा नेपाल पोष्ट दैनिक, सिरहा दर्पण, सिरहा टाइम्स, सखुवा खबर र तराई फिलिक्स रहेका छन्। आयोजक समितिले सम्पूर्ण थारू समुदायसहित अन्य समुदायका नागरिकलाई समेत कार्यक्रममा सहभागी भई थारू संस्कृति, कला र परम्परालाई नजिकबाट अवलोकन गर्न हार्दिक निमन्त्रणा गरेको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१