बोदे बर्साईन नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि श्री चन्द्रा नमुना माबिलाई

  • पुस २८, २०८२
  • ७१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन , सप्तरी : २८ पौष : उमेश कुमार साह बोदे बर्साईन : स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ दौड, कपर्दी, , भलिबल लगाएतका खेलहरू समाबेश गरेर बोदे बर्साईन नगरपालिकाको श्री इस्वरी हिया सुरैत जिलेबी जनता माध्यमिक बिधालयको खेलमैदानमा जारी पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्री चन्द्रा नमुना मावि बोदे बर्साईनले जितेको छ। बिजेता चन्द्रा नमुना माबिले विभिन्न विधामा १३ स्वर्ण, ११ रजत र ४ वटा कास्य तथा उपविजेता श्री इस्वरी हिया सुरैत जिलेबी जनता माध्यमिक बिधालयले १२ वटा स्वर्ण, १० वटा रजत र ५ वटा कास्य पदक जितेको छ। 

तेस्रो स्थानमा रहेको श्री महेन्द्र चुन्नी माध्यमिक बिधालय मानराजाले ४ वटा स्वर्ण, ३ वटा रजत र १५ वटा कास्य पदक हात पारेको छ। बिहिवारदेखि सुरु भएको प्रतियोगितामा ३० वटा समुदाय विद्यालय तथा शैक्षिक संस्थाले सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ शिल्ड, कप, मेडल र प्रमाणपत्र सहित क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका पतियोगिताका संयोजक कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले जानकारी दिए।

बोदे बर्साईन नगरपालिका वडा नम्बर— ३ मा रहेका श्री इस्वरी हिया सुरैत जिलेबी जनता माध्यमिक बिधालयको खेलमैदान गौरामा पाँचौं नगर स्तरिय बिधालय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सम्मान भएको छ । उक्त प्रतियोगिताको सम्मान कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईम नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि यादवले पानसमा दीप प्रज्जवलन पछि मार्च पास गरी कार्यक्रमको सम्मान गरिएको हो ।

सो अवसरमा प्रमुख यादवले बोदे बर्साईन नगरपालिकामा श्री इस्वरी हिया सुरैत जिलेबी जनता माध्यमिक बिधालयको निजि खेलमैदान नरहेकोले गौरा बिधालयको खेलमैदानलाई निर्माणकालागि थप पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा खेलमैदानको रंगशाला निर्माण गरिनु पर्ने बताए ।

उनले खेलक्षेत्रको विकासमा आसातित लगानी नगरिएको अवस्थामा पालिकाले यसरी बिद्यार्थीको हौसला बढाउन गरिएको यो प्रतियोगीता आफैमा सराहनीय रहेको बताए । खेल भन्ने कुरा अनुशानमा आधारित रहने भन्दै उनले बिद्यालयका गुरुहरुले भोलीका सन्ततीकालागि चनाखो हुनु पर्ने बताए । उनले स्वास्थ्य शिक्षा लगातयका मौलिक हकका कुरा संबिधानमा लेखिए पनि अझै सम्म कार्यान्वय हुन नसकेको बताए । यादवले खेल क्षेत्रको विकासकालागि आफुले सक्दो पहल गर्ने बताए । कार्यक्रममा नगर उप प्रमुख रेणु कुमारी साह , नगर शिक्षा अधिकृत रामसागर यादव,बोदे बर्साईन नगरपालिकाका वडा अध्यक्षहरु , खेलप्रतियोगितमा सहभागी विद्यालयका प्रधानाध्यापकहरु तथा खेलप्रेमीको सहभागीता रहेका थियो ।

प्रतियोगिता बोदे बर्साईन नगरपालिकाको शिक्षा , युवा तथा खेलकुद शाखाले आयोजना गरेको थियो । कार्यक्रमको अध्यक्षता बोदे बर्साईन नगरपालिकाका -३ का वडा अध्यक्ष शिव नारायण यादवले गरेको थियो । प्रतियोगिता २५, २६ ,२७ र २८ गते गरि चार दिने आयोजना गरेको छ। कार्यक्रमको उध्घोसक मा बि बोदे बर्साईनका शिक्षक जितेन्द्र प्रसाद गुप्ताले गरेका हुन।

प्रतिक्रिया दिनुहोस

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

लहानमा कुशवाहा कल्या ...

रहमुल, लहान, २९चैत । सिरहाको लहान नगरपालिका–३ स्थित ल.ल.कु.मा.बि.को प्राङ्गणमा नेपाल कुशवाहा क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१