गाउँपालिकाद्वारा सवारी दुर्घटनामा घाइते मण्डललाई ५०१००० आर्थिक सहयोग

  • पुस २३, २०८२
  • ३४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष २३ । भगवानपुर गाउँपालिकाले सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका स्थानीय अर्जुन मण्डललाई उपचार खर्चका लागि आर्थिक सहयोग प्रदान गरेको छ। भगवानपुर गाउँपालिका वडा नं. ४ ठाडी निवासी मण्डललाई रु. ५,०१,००० (पाँच लाख एक हजार) रकम हस्तान्तरण गरिएको हो। पालिका अध्यक्ष उग्र नारायण यादवको पहलमा विभिन्न व्यक्ति, संस्था तथा निकायबाट संकलन गरिएको उक्त सहयोग रकम आज एक औपचारिक कार्यक्रमबीच सञ्चारकर्मीहरूको रोहबरमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।

केही समयअघि भएको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका अर्जुन मण्डलको उपचारमा ठूलो आर्थिक भार परेपछि गाउँपालिकाले मानवीय संवेदनालाई मध्यनजर गर्दै सहयोग अभियान सञ्चालन गरेको थियो। उपचार खर्च जुटाउन कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै अध्यक्ष यादवले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा स्थानीय दाताहरूसँग समन्वय गरी सहयोग संकलन गरेका हुन्।

 

हस्तान्तरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष उग्र नारायण यादवले दुर्घटनाका कारण कुनै पनि परिवार आर्थिक र मानसिक रूपमा एक्लिन नपरोस् भन्ने उद्देश्यले यो पहल गरिएको बताए। “दुर्घटना पीडितको उपचारमा सहयोग पुगोस् भन्ने हाम्रो चाहना हो। गाउँपालिका, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा समाजका सहयोगी मनहरूले देखाएको एकताले मानवीयता जीवित छ भन्ने सन्देश दिएको छ,” अध्यक्ष यादवले भने। उनले सहयोग गर्ने सबै दाताहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता मानवीय कार्यमा गाउँपालिका सधैं अगाडि रहने प्रतिबद्धता जनाए।

May be an image of one or more people, flute and temple

सहयोग रकम संकलनमा गाउँपालिकाको तर्फबाट कार्यपालिकाबाट रु. ६५,००० योगदान गरिएको छ। यस्तै पालिका अध्यक्ष उग्र नारायण यादवबाट रु. १०,०००, प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहबाट रु. ५,५००, प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरका सह–संयोजक विजय कुमार यादवबाट रु. ४,२००, वडा नं. ५ का वडाध्यक्ष अमर लाल यादवबाट रु. ५,५०० सहयोग गरिएको हो।

May be an image of one or more people, temple and crowd

यसैगरी स्थानीय समाजसेवी तथा व्यक्तिहरूबाट पनि उल्लेख्य सहयोग जुटेको छ। सत्य नारायण साहबाट रु. ५,५००, बबलेश मण्डलबाट रु. ५,५००, भगवानपुर स्वास्थ्य कार्यालयबाट रु. २१,००५ सहयोग प्रदान गरिएको छ। स्वास्थ्य संस्थाहरूको तर्फबाट आधारभूत स्वास्थ्य चौकी ठाडीका रिका साह र अर्जुन यादवबाट रु. २,०००, स्वास्थ्य चौकी इनर्वाबाट रु. ३,०००, आधारभूत स्वास्थ्य चौकी अभयनगरबाट रु. २,०००, आधारभूत स्वास्थ्य चौकी ठाडीबाट रु. ३,००० सहयोग गरिएको छ।

May be an image of one or more people and temple

शिक्षा क्षेत्रबाट पनि पीडितको उपचारमा साथ दिइएको छ। आधारभूत विद्यालय ठाडीबाट रु. ४,५००, आधारभूत विद्यालय गैरसाहाबाट रु. ६,०००, आधारभूत विद्यालय जमुवाटोलबाट रु. ४,५००, आधारभूत विद्यालय अभयनगरबाट रु. ३,०००, आधारभूत विद्यालय इनर्वाबाट रु. ४,०००, मदरसा गमहरियाबाट रु. १,०००, आधारभूत विद्यालय कल्याणपुरबाट रु. ५,५००, आधारभूत विद्यालय सिनुरियाबाट रु. ३,०००, आधारभूत विद्यालय लरहाबाट रु. ४,००० सहयोग रकम संकलन गरिएको हो।

त्यसैगरी माध्यमिक तहका विद्यालयहरूबाट पनि सहयोग प्राप्त भएको छ। बालासुन्दरी माध्यमिक विद्यालय भगवानपुरबाट रु. १५,५००, माध्यमिक विद्यालय नहरा रिगौलबाट रु. १५,५००, हनुमान प्रसाद माध्यमिक विद्यालयबाट रु. ३,००० सहयोग गरिएको छ। गाउँपालिकाकी उपाध्यक्षबाट रु. ५,१०० योगदान गरिएको छ भने दुर्घटना गराउने अनिल पासमानबाट रु. २,००,००० सहयोग रकम प्रदान गरिएको छ। यी सबै रकम जोड्दा कुल रु. ५,०१,००० पीडित अर्जुन मण्डललाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूले यस्ता दुर्घटनामा पीडितलाई तत्काल सहयोग पुर्याणउन सामूहिक प्रयास आवश्यक रहेको बताए। उनीहरूले दुर्घटना न्यूनीकरणका लागि सवारी नियमको कडाइका साथ पालना, सचेतना अभिवृद्धि तथा स्थानीय तहको सक्रिय भूमिकाको आवश्यकता औंल्याए।

घाइते अर्जुन मण्डलका परिवारजनले गाउँपालिका, जनप्रतिनिधि, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनीहरूले उपचार खर्चमा सहयोग पुगेको भन्दै आभार प्रकट गर्दै आगामी दिनमा पीडित परिवारलाई समेत समाजले साथ दिने विश्वास व्यक्त गरेका छन्। स्थानीयवासीहरूका अनुसार भगवानपुर गाउँपालिकाले देखाएको यो मानवीय पहलले समाजमा एकता र सहकार्यको उदाहरण प्रस्तुत गरेको छ। पीडामा परेका नागरिकलाई साथ दिने संस्कृतिले नै स्थानीय सरकारप्रति जनविश्वास बलियो बन्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सिरहाको नवराजपुर गाउ ...

लहान पुष २४। सशस्त्र प्रहरीले सिराहाको नवराजपुर गाउँपालिका तमसुईयाबाट ठुलो परिमाणमा गाँजा बरामद गरेक ...

जिल्ला उद्योग वाणिज् ...

ओम प्रकाश यादव लहान,पुष २३ । जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानका अध्यक्ष तथा समाजसेवी विकास ...

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज २३ पुस। वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा इन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन वि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१