लहान २३ मा गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज वितरण

  • पुस २३, २०८२
  • ३३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान पुष २३। बिगतको कोरोना महामारीको बिकट अवस्थामा मास्क, राहत तथा न्यानो कम्बल वितरण गर्दै समाजसेवामा सक्रिय देखिएका सङ्गीता कर्मचारी र महेश प्रसाद चौधरीले त्यतिबेलै समाजमा छुट्टै चर्चा पाएका थिए। महामारीको त्रासदीबीच पनि मानवीय सेवामा अग्रसर उनीहरूको योगदान स्थानीय समुदायका लागि प्रेरणादायी बनेको थियो। तर, विधिको विधान यस्तै भयो कि कम्बल वितरणकै क्रममा कोरोना संक्रमणमा परेकी सङ्गीता कर्मचारीको दुःखद निधन भयो।

May be an image of one or more people, fog and crowd

महेश प्रसाद चौधरी मेयर बन्नुअघि नै घटेको उक्त घटनाले उनलाई अझ बढी सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बनायो। सङ्गीताको त्याग र सेवाभावलाई स्मरण गर्दै मानवीय सेवाको निरन्तरता आवश्यक ठान्दै उनले हरेक महिनाको २२ गते राहत वितरण गर्ने अठोट गरेका थिए। यही अठोटअनुसार यस महिनाको पुस २२ गते लहान नगरपालिका–२३ मा गर्भवती तथा सुत्केरी महिला दिदीबहिनीहरूलाई पोषण प्याकेज वितरण गरिएको छ।

May be an image of ‎one or more people, people smiling and ‎text that says '‎सुत्केरी तथा गर्भवति महिलाका लागी पोषण पयाकेज वितरण कार्यत्रम आ.व. २०८/08३ मिति प्रत्येक मह्िनाको 2२ गते स्थान स्वास्ट शकी गाढा लः ्योजक परपालिका ل‎'‎‎

लहान नगरपालिकाको तर्फबाट मेयर महेश चौधरी र वडा नं. २३ का अध्यक्ष बद्री यादवले संयुक्त रूपमा १०५ जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्याकेज हस्तान्तरण गरेका हुन्। वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पोषण प्याकेजमा चामल, दाल, नुन, तेल, चना लगायतका आवश्यक खाद्यान्न सामग्री समावेश गरिएको छ। गर्भावस्था तथा सुत्केरी अवस्थाका महिलालाई आवश्यक पोषण सुनिश्चित गर्ने उद्देश्यले प्याकेज तयार गरिएको नगरपालिकाले जनाएको छ।

May be an image of one or more people and text that says 'सुत्केरी तथा गर्भवति महिलाका लागी पोषण प्याकेज वितरण कार्यत्रम आ.. २०८શ/0३ ति प्रत्येक महिनाको स्वास गाठ त. न.पाश्थ जक पालिक ကျ်ု'

नगरपालिकाका अनुसार हालसम्म २ हजारभन्दा बढी महिलाले यो पोषण प्याकेज सहयोग पाइसकेका छन्। पोषण प्याकेज वितरण सुरु भएपछि स्वास्थ्य चौकीमा नियमित जाँच गराउन आउने महिलाको संख्या उल्लेख्य रूपमा बढेको छ। यसले मातृ तथा शिशु स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पारेको स्थानीयको भनाइ छ। मेयर महेश चौधरीले मानवीय सेवामा निरन्तरता नै सङ्गीता कर्मचारीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए। उनले भने, “समाजका कमजोर वर्गलाई सहयोग गर्नु नै हाम्रो दायित्व हो। यो कार्यक्रम निरन्तर चलिरहनेछ।”

May be an image of one or more people

स्थानीयवासीहरूले नगरपालिकाको यो पहलले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका छन्। गर्भवती तथा सुत्केरी महिलाका लागि लक्षित यो कार्यक्रमले लहान नगरपालिकामा स्वास्थ्य सचेतना र मानवीय सेवाको संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

जिल्ला उद्योग वाणिज् ...

ओम प्रकाश यादव लहान,पुष २३ । जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानका अध्यक्ष तथा समाजसेवी विकास ...

नेशनल मेडिकल कलेजद्व ...

रन्जित चौरसिया वीरगंज २३ पुस। वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा इन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन वि ...

विमलेन्द्र निधिमाथि ...

रहमुल लहान २३ पुस । हिजो पार्टीको मुख्य कार्यालयमा नेपाली कांग्रेसका सम्मानित नेता विमलेन्द्र निधिमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१