Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगंजमा निःशुल्क स्वास्थ्य शिविर

  • पुस १३, २०८२
  • ८६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज १३ पौष। नेशनल मेडिकल कलेज वीरगंज तथा प्रिस्टिन भ्याली ड्राइपोर्ट वीरगंजको संयुक्त आयोजनामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय वीरगंजमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा सर्वसाधारण नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकद्वारा परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो।

शिविर बिहान १०:०० बजेदेखि सञ्चालन गरिएको थियो। शिविरको मुख्य उद्देश्य मधुमेहलगायत विभिन्न दीर्घकालीन तथा सामान्य स्वास्थ्य समस्याहरूको प्रारम्भिक पहिचान, उपचार परामर्श तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। शिविरमार्फत जम्मा ३१२ जना नागरिकहरूले स्वास्थ्य जाँच सेवा लिएका थिए।

शिविरमा रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, उचाइ तथा अन्य प्रारम्भिक स्वास्थ्य परीक्षणपछि सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकद्वारा परामर्श सेवा प्रदान गरिएको थियो। सेवाको सहज व्यवस्थापनका लागि दर्ता, प्रारम्भिक परीक्षण तथा चिकित्सक परामर्शका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको थियो।

कार्यक्रममा प्रिस्टिन भ्याली ड्राइपोर्ट तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा, दिगोपन विभाग प्रमुख सुवजित नायक तथा आयात–निर्यात विभाग प्रतिनिधि राहुल पटेल को गरिमामय उपस्थिति रहेको थियो। त्यसैगरी नेशनल मेडिकल कलेज, वीरगन्ज तर्फबाट प्रमुख सूचना अधिकृत इञ्जिनियर प्रदीप कुमार चौधरी, मार्केटिङ प्रबन्धक जितेश चन्द्र दास तथा विद्यार्थी क्लब अध्यक्ष डा. प्रशान्त भण्डारी को सहभागिता रहेको थियो। चिकित्सकीय सेवामा जेनरल फिजिसियन डा. सुधाकर झा तथा स्त्रीरोग विशेषज्ञ डा. मधु साह ले प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो।

कार्यक्रमका क्रममा वक्ताहरूले समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रारम्भिक रोग पहिचान, जनस्वास्थ्य प्रवर्द्धन तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। स्थानीयवासीहरूले यस्ता उपयोगी स्वास्थ्य शिविर आयोजना गरिएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन्। निःशुल्क स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न तथा सर्वसाधारणको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१