Siraha Times
ताजा समाचार

लहानमा पुस्तकालय दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, राहुल कामैत तृतीय स्थान

  • भदौ १६, २०८२
  • ७३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, भदौ १६ । १८औँ पुस्तकालय दिवसको अवसरमा सिर्जना पुस्तकालय लहान–११ पडरियाद्वारा “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा श्री मा.वि. पडरिया थारुटोल लहान–१२ का विद्यार्थी राहुल कामैत तृतीय स्थान हासिल गर्न सफल भएका छन् । विद्यालयले राहुललाई विशेष कार्यक्रममार्फत सम्मान गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ । साथै उनको उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरिएको छ ।

कार्यक्रममा २ वटा सामुदायिक र ५ वटा संस्थागत गरी कुल ७ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताले विद्यार्थीहरूमा पुस्तकालयप्रति चासो जगाउने, वक्तृत्व क्षमता अभिवृद्धि गर्ने र ज्ञानप्रति रुचि बढाउने लक्ष्य लिएको आयोजक समितिले जनाएको छ । स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागी विद्यार्थीहरूले पुस्तकालयको महत्त्व, ज्ञानको भूमिकासहित भविष्य निर्माणमा शिक्षा र पठनसंस्कृतिको आवश्यकता विषयमा आफ्ना धारणा राखेका थिए ।

सिर्जना पुस्तकालयका पदाधिकारीहरूले पुस्तकालय दिवसलाई ज्ञान, सूचना र चेतनाको पर्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै यस प्रकारका कार्यक्रमले विद्यार्थीलाई हौसला मिल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१