ताजा समाचार

लहानमा पुस्तकालय दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, राहुल कामैत तृतीय स्थान

  • भदौ १६, २०८२
  • ८०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, भदौ १६ । १८औँ पुस्तकालय दिवसको अवसरमा सिर्जना पुस्तकालय लहान–११ पडरियाद्वारा “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा श्री मा.वि. पडरिया थारुटोल लहान–१२ का विद्यार्थी राहुल कामैत तृतीय स्थान हासिल गर्न सफल भएका छन् । विद्यालयले राहुललाई विशेष कार्यक्रममार्फत सम्मान गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ । साथै उनको उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरिएको छ ।

कार्यक्रममा २ वटा सामुदायिक र ५ वटा संस्थागत गरी कुल ७ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताले विद्यार्थीहरूमा पुस्तकालयप्रति चासो जगाउने, वक्तृत्व क्षमता अभिवृद्धि गर्ने र ज्ञानप्रति रुचि बढाउने लक्ष्य लिएको आयोजक समितिले जनाएको छ । स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागी विद्यार्थीहरूले पुस्तकालयको महत्त्व, ज्ञानको भूमिकासहित भविष्य निर्माणमा शिक्षा र पठनसंस्कृतिको आवश्यकता विषयमा आफ्ना धारणा राखेका थिए ।

सिर्जना पुस्तकालयका पदाधिकारीहरूले पुस्तकालय दिवसलाई ज्ञान, सूचना र चेतनाको पर्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै यस प्रकारका कार्यक्रमले विद्यार्थीलाई हौसला मिल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

रामनगर साना किसान कृ ...

ओम प्रकाश यादव, सप्तरी, कार्तिक ८ । सप्तरीको बलान बिहुल गाउँपालिका–५, रामनगरस्थित रामनगर साना ...

लहान १५ मा ४० लाखको ...

ओम प्रकाश यादव, लहान कार्तिक ८ । सिरहाको लहान नगरपालिका वडा नं. १५ मा ४० लाख रुपैयाँको लागतमा निर्मा ...

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤