कृषक पाठशाला सञ्चालन कार्यविधि निर्माण सहजीकरण कार्यशाला लहानमा सम्पन्न

  • साउन ९, २०८२
  • ५६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, ९ साउन। राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशको आयोजनामा “कृषक पाठशाला सञ्चालन कार्यविधि निर्माण सहजीकरण कार्यशाला” सिरहाको लहानमा सम्पन्न भएको छ। कार्यक्रम केयर नेपालको सहयोगमा सम्पन्न गरिएको हो।

May be an image of 11 people and table

कार्यक्रमको अध्यक्षता राष्ट्रिय कृषक महासंघ नेपाल मधेस प्रदेश अध्यक्ष दिपक कुमार ठाकुरले गरेका थिए। कार्यशालाका प्रमुख अतिथि दिलीप साह रहेका थिए भने विशिष्ट अतिथिका रूपमा धनगढीमाई नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सूर्य नारायण यादव उपस्थित थिए। कार्यक्रममा मधेस प्रदेशका विभिन्न स्थानीय तहबाट प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी पालिकाहरूमा अग्निसाइर कृष्णासवरण, रुपनी, लक्ष्मीपुर पतारी, धनगढीमाई, भगवानपुर र सखुवानन्कारकट्टी रहेका थिए।

May be an image of 8 people, people studying, table and text

कार्यक्रममा कृषक पाठशाला सञ्चालन गर्न आवश्यक कार्यविधि निर्माण, त्यसका चुनौतिहरू र समाधानका उपायहरूबारे विस्तृत छलफल भएको थियो। सहभागी प्रतिनिधिहरूले स्थानीय कृषकहरूको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, र कृषिमा व्यावसायिकता ल्याउने विषयमा समेत आफ्नो धारणा प्रस्तुत गरेका थिए। राष्ट्रिय कृषक महासंघका प्रदेश अध्यक्ष ठाकुरले कृषक पाठशाला कृषि क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण माध्यम हुने बताएका थिए। उनले कृषकहरूलाई संगठित गर्दै उनीहरूको सशक्तिकरणमा यस्तो खालका कार्यशालाहरू उपयोगी हुने बताए।

May be an image of 12 people, table and lighting

कार्यक्रमले कृषक पाठशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न एक साझा कार्ययोजना तयार पार्ने निर्णयसमेत गरेको छ। कार्यशालाले कृषकहरूका लागि नीति निर्माण तहसम्म पहुँच पु-याउने उद्देश्य राखेको आयोजक पक्षले जनाएको छ। कार्यक्रम समापनमा सहभागी सबै जनप्रतिनिधि र सरोकारवाला निकायहरूले कृषि क्षेत्रको समग्र विकासका लागि आपसी सहकार्य र निरन्तर संवाद आवश्यक रहेकोमा जोड दिएका थिए।

May be an image of 10 people and tableMay be an image of 10 people, table and lighting

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१